काठमाडौं, ३१ साउन । भारतको केरला राज्यमा भिषण वर्षापछि आएको बाढीले ७३ जनाको मृत्यु भएको छ भने ८५ हजारभन्दा बढी विस्थापित भएका छन्।
भिषण वर्षातका कारण आएको वाढी र पहिरोमा परी धेरैले ज्यान गुमाएको त्यहाँका राज्य सरकारले जनाएको छ । बाँचनेहरुको पनि अवस्था निकै नाजुक छ ।
मौसम विभागले केरलामा खतराको संकेत दिएको छ। केरलाको व्यस्त कोचिन अन्तर्राष्ट्रिय विमानस्थल २ दिनका लागि बन्द गर्ने निर्णय भएको छ। १४ जिल्लाका सबै शैक्षिक संस्था समेत ठप्प छन्।











