तुलसीपुर, ३१ साउन । तुलसीपुर उपमहानगरपालिकाको वर्षे अधिवेशन विभिन्न प्रस्तावहरु पारित गर्दै सकिएको छ ।

IMG_9251नगरसभाको वैठकले आर्थिक वर्ष २०७५÷७६ को वजेट शिर्षान्तरका साथै विभिन्न ऐनहरु पारित गर्दै तेस्रो नगरसभाको चौथो वैठक सकिएको हो । वैठकले उपप्रमुख एवम् वजेट समिति संयोजक माया शर्माले प्रस्तुत गर्नुभएको वजेट सञ्चालन सम्वन्धि अख्तियारी कार्यपालिकालाई हस्तान्तरण गरेको छ ।

वैठकलले विधेयक समितिका संयोजक देवराज विश्वकर्माले पेश गरेको वन ऐन २०७५, सहकारी समितिका संयोजक देवराज विश्वकर्माले पेश गरेको सहकारी ऐन २०७५ को संशोधन, सुशासन समितिका संयोजक सुर्यवहादुर डाँगीले पेश गरेकोे अस्थायी करार र ज्यालादारी कर्मचारीको म्याद थप लगायतका पारित गरेको छ ।

नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा भएको वैठकले आर्थिक समितिका संयोजक माधव वलीले प्रस्तुत गरेको करका दर संशोधन सम्वन्धि प्रस्ताव र लेखा समिति संयोजक राजु आचार्यले प्रस्तुत गरेका योजना, व्यवस्थापन अनुगमन सम्वन्धि प्रस्ताव पनि पारित गरेको छ ।