नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी कार्यदलको सदस्यमा रमेश मल्ललाई तोकिएको छ । तत्कालीन माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारी विद्यार्थी संगठनका इन्चार्ज हितमान शाक्य कार्यदलमा अनुपस्थित भएपछि सहइन्चार्ज मल्ललाई सदस्यको जिम्मेवारी दिएको हो ।
नेकपाले विद्यार्थी कार्यदलमा तत्कालीन एमालेबाट रवीन्द्र अधिकारी, नवीना लामा र तत्कालीन माओवादी केन्द्रबाट हितमान शाक्य र रञ्जित तामाङलाई तोकेको थियो । तर, शाक्य कार्यदल बैठकमा उपस्थित भएका थिएनन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले शाक्य कार्यदल बैठकमा उपस्थित नभएपछि मल्ललाई जिम्मेवारी दिएको बताए । तर, औपचारिक निर्णय भने भइनसकेको उनले बताए । मल्लले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको सदस्यको जिम्मेवारी दिइसकेको बताए । पार्टीको आधिकारिक पत्र प्राप्त भइनसकेकाले केही भन्न नमिल्ने उनले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।











