दाङ, २२ असार । कृषि विकास बैंक लि.ले ग्राहकहरुलाई दिदै आएको सेवा सुविधाहरुको बारेमा जानकारी दिन सुरु गरेको छ । प्रविधियुक्त सुविधा प्रदान गर्दै आएको बैंकले ग्राहकहरु समक्ष पुगेर बैंकको बारेमा जानकारी दिन सुरु गरेको बैंकका शाखा अधिकृत खिमबहादुर अधिकारीले बताए ।

kirsibikasbank2बैंकले घोराहीको सिद्धार्थ एकेडेमीका व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता सम्बन्धी कार्यक्रम गरेको छ । घोराहीमा रहेको कृषि विकास बैंक लि.ले विद्यालयमै पुगेर विहिबार विहान विद्यार्थीहरुको माझमा वित्तिय साक्षरताको बारेमा जानकारी दिएको हो ।

बैंकका प्रबन्धक बाबुराम ज्ञवालीको अध्यक्षता तथा कृषि विकास बैंक लि. क्षेत्रीय कार्यालयका निर्देशक गणेशबहादुर विसिको प्रमुख आतिथ्यता र विद्यालयका प्रबन्ध निर्देशक नवराज सुबेदीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बैंकका शाखा अधिकृत खिमबहादुर अधिकारीले प्रशिक्षण दिनु भएको थियो । उहाले नेपालकै सबै भन्दा बढि पुँजी भएको बैंक कृषि विकास बैंक नै रहेको र देशका ७७ वटै जिल्लामा शाखाहरु स्थापना भएको जानकारी दिए ।