काठमाडौं, २२ असार । सभामुख कृष्णबहादुर महराले कांग्रेसले संसदीय समितिका लागि प्रमुख प्रतिपक्षी दल कांग्रेसले समयमै समितिमा रहने सांसदहरूको नामावली नदिए आफैँले समिति घोषणा गर्ने बताएका छन् ।
प्रतिनिधिसभाको १० वटा विषयगत समितिमा रहने आफ्ना सांसदको नामावली चाहिए संसद्मा प्रतिनिधित्वको आधारमा नेतृत्व पनि भागबन्डा गर्नुपर्ने भन्दै कांग्रेसले नामावली दिएको छैन ।
सभामुख महराले तीन दिनभित्र समितिमा रहने सदस्यको नामावली दिन बाँकी दलहरूले नाम नदिए आफैँले समिति गठन गर्ने र सांसदहरूलाई समितिमा छुट्याउने बताए । कांग्रेसले संसदीय समिति सभापतिको भागवण्डामा वखेडा झिकिरहेको छ ।











