गोविन्द खड्का
दाङ, २१ असार । केही दिनअघि तुलसीपुर चोकको लुम्वीनी खाजा घरमा आगलागी भयो । घोराही ग्या“स उपसमितिका अध्यक्ष सन्तोष श्रेष्ठ तीन वटा अग्नी शामक बोकेर गए, त्यसको सहायताले आगो केही नियन्त्रणमा आयो । ग्याँसको सिलिण्डर पड्कीनबाट जोगियो र ठुलो दुर्घटना ट¥यो ।

Agnishaman_Hयसो त शुरुमै अग्नी शामकले आगोमा हान्नेहो भने आगो दन्किनै नपाउने अग्नी शामकका थोक तथा फुट्कर विक्रेता गणेश ग्या“स डिष्टिव्युटर्स घोराहीका सञ्चालक समेत रहेका श्रेष्ठको भनाइ छ । उनका अनुसार आगो सल्कियो भने निभाउनलाई शुरुमै अग्नी सामक छर्किनुपर्छ । जसले गर्दा दमकल बोलाउने जरुरी हुन्न । ग्या“स व्यवसायीका अनुसार घोराही बजारका धेरै घर पसल तथा उद्योगमा यसको सामा गर्दैनन् । विद्युत सर्ट भयो, ग्याँस लिक भयो वा अन्य कारणले आगो सल्कियो भने अग्नी शामक प्राथमिक उपचार हो । त्यो पाँच छ मिनेट मै गरिसकनुपर्छ । जस्तो सुकै अबस्थामा लागो लागे पनि त्यसले क्षेतिगर्न अग्नि शामक भए पाउदैन ।

उनका अनुसार घर, विद्यालय, पसल, उद्योग, कलकारखाना, कार्यालय, हस्पिटल, पेट्रोल पम्प, सवारी साधन लगायत हरेक ठाउ“मा अग्नी शामक राख्नु अनिवार्य छ । केही बैंकहरुले राखे पनि त्यो देखाउने साधन मात्रै भएको व्यवसायीको बुझाइ छ । सामान्य त त्यसको म्याद दुई वर्षको हुन्छ । त्यसपछि रिफिल गर्नुपर्छ । एक पटक किनेको शामक प्रयोग नभएपछि बर्षाै राखिरहने चलन छ । त्यसले आपद आइलाग्दा टार्दैन । त्यसरी राख्नु र नराख्नुको अर्थ नहुने उनलृ बताए ।

आधा केजीदेखि २५ किलोसम्मका अग्नी शामक हुने गरेको श्रेष्ठको भनाइ छ । कार तथा साना संरचनामा आधा केजिको राख्न सकिन्छ । घरहरुमा अलि ठुला राख्नुपर्छ । उद्योगा कलकारखानामा ठुला अग्नी शामक राख्नु अनिवार्य छ । अहिले आधुनिकताले घर घरमै विद्युत सेवा दिएको छ । ग्यासबाट खाना पकाउने, अन्य प्रविधिहरु चलाउने गरिन्छ । अब आगो मात्रै आग लागिको कारण छैन । त्यसैले पनि आधुनिकतासँग प्रविधिको जरुरी छ । त्यसैलार्ई महत्व दिइएको छैन ।

पुर्वतयारीको चेत भएकाले अग्नी शामक राख्ने व्यवसायीको भनाइ छ । सर्वश्व जलेर नष्ट हुनुभन्दा दुई चार हजारको सामा गर्नु कैयौ गुणा बेश हुन्छ । ठुला घरले प्रत्यक तलामा एउटा राख्नुपर्छ । घरमा र किचेनमा पनि छुटा छुटै राख्नुपर्छ । जहा आगो लाग्ने खतरा छ त्यहा“ अग्नी शामकको सुरक्षा हुनुपर्छ । आगो दन्किसकेपछि अलाप विलाप गर्नुभन्दा सामा गर्नु बुद्धिमानी हुन्छ ।

यसको रिफील इण्डिया र काठमाण्डौमा मात्रै हुने गरेको श्रेष्ठले जानकारी दिए । केही बर्ष भित्रै घोराहीमा स्थापना गर्नेगरी ग्याँस व्यवसायी लागेको उनको भनाइ छ । स्थानिय सरकारसँग समन्वय गरेर अग्नी शामकको सुविधा उपलब्ध गराउन पहल गरेको समितिले बताएको छ । ठुला आगलागीका घटना हुनै नदिनेतिर सबैले सोच्न आग्रह गरेको छ ।