दाङ, १७ असार । रोटरी क्लव अफ तुलसीपुर सिटीको अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ चयन भएका छन् । तुलसीपुरमा सम्पन्न क्लवको स्थापना दिवस तथा एघारौ पद हस्तान्तरण कार्यक्रममा श्रेष्ठलाई सर्वसम्मत चयन गरिएको हो । अध्यक्ष तुफानवावु श्रेष्ठले रोटरी चेन हस्तान्तरण गरेर श्रेष्ठलाई कार्यभार हस्तान्तरण गरेका हुन् ।
सन् २०१८(१९ का लागि चयन भएको कार्यसमितिको भावी अध्यक्षमा देववहादुर केसी, प्रस्तावित अध्यक्षमा सुरेश हमाल, उपाध्यक्षमा यज्ञवहादुर केसी, शिव श्रेष्ठ र पवन योगी रहेका छन् । त्यस्तै एक वर्षका लागि चयन कार्यसमितिको महासचिवमा विनिल केसी, कोषाध्यक्षमा सन्दिपन रिजाल र सहसचिवमा दुर्गाबहादुर केसी रहेका छन् ।
त्यसैगरी डाइरेक्टरहरुमा राजिव वली, सुवोध शर्मा, रसिल थापा, मनोज बस्नेत, उज्जवल श्रेष्ठ, मर्यादापालकमा देवेन्द्र केसी र सम्पादकमा बिष्णु कुमारी केसी छन् ।
क्लबका निवर्तमान अध्यक्ष वीरबहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे, बिशिष्ठ अतिथी दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठ, रोटरी ईन्टर्नेशनल डिस्ट्रिक ३२९२ जोन १८ का असिस्टेन्ट गभर्नर कुशल तर्ताल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटालगायतका रहेका थिए ।











