काठमाडौं, १७ असार । निजी विद्यालयहरुका छाता सङ्गठन प्याब्सन र एनप्याब्सनले कसैले जवरजस्ती विना कारण विद्यालय बन्द गराउन खोजे सडकमै विद्यार्थी पढाउने चेतावनी दिएका छन् । उनीहरुले आज राजधानीमा सयुक्त पत्रकार सम्मेलनको आयोजना गरी अबदेखि कुनै पनि बाहनामा स्कूल बन्द नहुने घोषणा गरे ।
विभिन्न विद्यार्थी सङ्गठनहरुले यही २०, २१ र २२ गते विद्यालय बन्द गर्ने भनिएका वेला उनीहरुले यस्तो चेतावनी दिदै सो समयमा पनि विद्यालय सञ्चालन गर्ने घोषणा गरेका छन् ।
बिना कारण गरिने बन्दहरुको भद्र अवज्ञा गर्ने समेत प्याव्सन र एनप्याव्सनले जनाएका छन् । यदि बन्द आह्वानकर्ताहरुले विद्यालयमा ताला लगाए भने सडकमै विद्यार्थी पढाउने प्याब्सनका कार्यबाहक अध्यक्ष डीके ढुङ्गानाले बताए ।











