काठमाडौँ, १७ असार । सप्तकोशी नदी आसपासको क्षेत्रमा भिषण बर्षा भएपछि सर्तक आग्रह गरिएको छ । बितेको २४ घण्टामा सप्तकोशी नदीकोे पहाडी क्षेत्रमा भिषण बर्षा भएको जल तथा मौसम पूर्वानुमान विभागले जनाएको छ । भिषण वर्षा भए कारण नदीमा पानीको वहाव वढ्न सक्ने भन्दै उच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।
विभागका अनुसार सप्तकोशीको चतरास्थित बर्षा मापन केन्द्रमा बितेको २४ घण्टामा १४६ मिलिमिटर बर्षात् भएको छ । त्यसैगरी १२ घण्टाभित्रमा ९१ मिलिमिटर बर्षात् भएको छ । भारी बर्षात् भएपछि पानीको सतह पनि बढ्दै गएकाले विभागले सतर्क रहन आग्रह गरेको हो ।
विभागले आज र भोली पहाडी तथा चुरे र तराईको केही भागमा मध्यमदेखि भारी बर्षा हुने सम्भावना रहेको समेत जनाएको छ । सतर्कता अनपानउदा वाढीले ठूलो धनजनको क्षति हुन सक्ने भन्दै यसो हुनबाट वच्न विभागले आग्रह गरेको हो ।











