शंकर केसी
सल्यान, ११ असार । सल्यानको कपुरकोट गाउँपालिकाले भौतीक पूर्वाधार, कृषि तथा विद्युतीकरणलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेटमा ५ वर्षमा सबै वडा कार्यालयसम्म पक्की मोटरबाटो बनाउनेलगायतका कार्यक्रम रहेका छन् ।
नीीत तथा कार्यक्रम र बजेट भाषण गर्दै गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रम तथा बजेट तर्जूमा समितिका संयोजक तिला बुढा मगरले २३ करोड ४१ लाख ९८ हजार रुपैयाँ बराबरको अन्ुमानित बजेट प्रस्तुत गरे ।
नीति तथा कार्यक्रम र बजेटको पूर्णपाठ
कपुरकोट गाउँपालिकाको गाउँसभामा पेश भएको नीति, कार्यक्रम तथा वजेटको सम्बन्धमा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रम तथा बजेट तर्जुमा समितिका संयोजक श्री तिला बुढामगरज्यूबाट गाउँसभामा प्रस्तुत आर्थिक वर्ष २०७५/०७६ को नीति, कार्यक्रम तथा बजेट वक्तव्य
गाउँसभाका श्रद्धय अध्यक्ष महोदय,
सम्पूर्ण गाउँसभाका सदस्यज्यूहरु,
सभाका सचिबज्यू तथा सबै कर्मचारीहरु
संचारकर्मी तथा पत्रकारज्यूहरु,
अन्य उपस्थित महानुभाव तथा सुरक्षाकर्मी साथीहरु,
आजको यस कपुरकोट गाउँपालिकाको सभामा उपाध्यक्षको हैसियतमा आ.व. २०७५÷०७६ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै गौरवान्वित भएकोे छु । यस अवसरमा विभिन्न कालखण्डहँुदै लोकतान्त्रिक गणतन्त्र सम्म नेपालको उन्नति, प्रगति तथा समृद्धिका लागि संघर्ष गर्ने क्रममा आफ्नो ज्यानको बलिदान गर्ने ज्ञात अज्ञात सहिदहरु प्रति हार्दिक श्रन्दान्जली व्यक्त गर्दै घाइते तथा अपाङ्ग एवं वेपत्ता भएका परिवारजनप्रति सम्मान एवं सहानुभूति प्रकट गर्दछु ।
हाम्रो गाउँपालिकाभित्र रहेका सिमित श्रोतसाधनको अधिकतम सदुपयोग गरी समृद्ध गाउँपालिका र सुखि जनता बनाउन नेपालको संविधान बमोजिम यस गाउँपालिकामा निर्वाचीत भएर आएका जनप्रतिनिधीहरु र राष्ट्रसेवक कर्मचारीहरु अहोरात्र खट्दै आएको व्यहोरा सर्वविदितै रहेको छ । जनताप्रति उत्तरदायी स्थानीय सरकार र जनप्रशासनबाट मात्रै यस गाउँपालिकाले लिएका निति र लक्ष्यहरु छिटोछरितो रुपमा पुरा गर्न सकिन्छ भने जागरुक, श्रृजनशिल, स्वस्थ, लगनशिल, चेतनशिल जनसमुदायको पहलकदमिबाट मात्र यस गाउँपालिकाको समृद्धि हाँसिल हुन जान्छ ।
आगामी आर्थिक बर्षको बजेट तर्जुमा गर्दा मैले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, विनियोजन विधेयक, २०७५ को सिद्धान्त र प्राथमिकता, नेपाल सरकार र कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम, कपुरकोट गाउँपालिकाको विभिन्न विषयगत क्षेत्रका नीति तथा कार्यक्रम, दिगो विकास लक्ष्य र गाउँसभाका आदरणीय सदस्यहरुले दिनुभएका सुझावहरुलाई मार्गदर्शनको रुपमा लिएको छुृ । विभिन्न राजनीतिक दल, संघ संस्था, विद्वतवर्ग र गाउँपालिकाभित्र र बाहिर रहनु भएका दिदी–बहिनी, दाजु–भाइहरुबाट प्राप्त रचनात्मक सुझाबहरुलाई समेत ध्यान दिएको छु ।
श्रद्धय अध्यक्ष महोदय,
विकासका सम्भाव्य अवसरहरुलाई सामाजिक न्याय, वडागत सन्तुलनका साथै साधन श्रोतको वास्तविक रुपमा कार्यान्वयन गर्न आवश्यताका आधारमा प्राथमिकीकरण गरी गाउँपालिकाको समग्र विकासका निम्ति मार्गदर्शन गर्न निम्नलिखित नीतिहरु अवलम्वन गरी आर्थिक वर्ष ०७५÷०७६ को कपुरकोट गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिएको व्यहोरा निवेदन गर्न चाहन्छु ।
युवा तथा खेलकुदः
आफ्नै ठाउँ र गाउँमा बसेर प्रशस्त आयआर्जन गर्ने संकल्प र भावनाहरु हामीमा जागृत हुन आवश्यक छ । ‘धन छोडेर ऋण खोज्ने, घरको छोडी परको बोज बोक्ने’ जस्तो हाम्रो मानसिकतालाइ माथी उठाउन आवश्यक छ । वेरोजगारले आत्तिएका, विदेश जान सत्तिएका सबै युवाहरुलाइ आफ्नै गाउाठाउँमा जडिबुटि, फलफुल, तरकारी खेती, पशुपालन, कुखुरापालन, पर्यटन उद्यम र अन्य सिपको विकास गरी उद्यम गर्न र स्वदेशमै आफ्नै उत्पादनमा रमाउने वातावरण बनाउन युवासंग गाउँपालिका कार्यक्रम लिइएको छ । यस कार्यक्रमबाट आत्मनिर्भर, आयआर्जन, समृद्ध गाउँपालिका र स्वरोजगारको आधार तय हुने छ भन्ने विश्वास लिइएको छ ।
राष्ट्रको चिनारी, सद्भाव र मित्रताको भावना बढाउने विश्वमा खेलकुद नै भएकाले यस कपुरकोट गाउँपालिकाको चिनारी र दक्ष खेलाडि एवम् स्वस्थ नागरिक उत्पादन गर्न गाउँपालिकामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रको लागि खेलकुद अन्तर्गत ‘गाउँपालिका अध्यक्ष कप’ को आयोजना गरी विभिन्न खेलहरु खेलाइने छ । गाउँपालिकास्तरीय खेलकुद समिति गठन गरी गाउँपालिकास्तर, वडास्तर, विद्यालयस्तरमा विभिन्न तहमा खेलकुद कार्यक्रम संचालन गरिने छ ।
कृषि तथा पशुपालनः
‘खेतिमा नयाँ प्रविधि र आधुनिक साधन, उत्पादनको मोडेल, एक गाउँ एक उत्पादन’ भन्ने नारालाइ कार्यान्वयन गर्न पुरानो कृषि प्रणालिलाई विस्थापित गर्दै नयाँ व्यवशायीक कृषि प्रणालिलाई स्थापित गरी किसान र प्राविधिकको ज्ञान, सिप र दक्षताको समायोजनबाट प्राकृतिक वातावरण अनुसार उत्पादन हुन सक्ने वालिबोटको छनौट गरी त्यस्तो खेती गर्न र खेतीमा अनवरत रुपमा लागेर सबैको जीवन पाल्ने कृषकहरुलाइ सम्मान र प्रोत्साहन गर्न ‘समृद्धिको शान, हाम्रा किसान’ भन्ने कार्यक्रम लिइएको छ । यस कार्यक्रमले किसानले लगाएका विभिन्न बालिबोटमा र पशु, कुखुरामा देखिने विभिन्न समस्या निराकरण गर्न तथा किसानका ढिककाल्ना, खेतबारीमा लगाएका कागती, सुन्तला, स्याउ, हलुवावेद, अनार, नास्पाती, आँप संग राम्रा जातीका विरुवा जोड्न ‘किसानसँग प्राविधिक’ भन्ने कार्यक्रम लिइएको छ । किसानहरुका विच प्रतिष्पर्धा र प्रदर्शन गर्न कृषि मेला, प्रत्येक वडामा दुध संकलन केन्द्र र उत्पादित कृषिजन्य वस्तुको बजारिकरणमा विशेष धयान दिइने छ भने यस गाउँपालिकालाई वेमौषमी तरकारी, जडिबुटि र फलफुल उत्पादन जोन बनाउन प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, प्रदेश सरकार र संघिय सरकारसंग विशेष पहल गरिने छ ।
यस गाउँपालिका क्षेत्रमा उत्पादन गरिने बेमौसमी तरकारी खेतीलाई विसादी रहित वनाई अर्गानिक क्षेत्रको रुपमा विकास गरिने छ । गाउँपालिकाले तरकारी, पशु र फलफुल पकेट क्षेत्रको रुपमा स्थान छनोट गरी केन्द्रिकृत रुपमा पकेट कार्यक्रम सञ्चालन गरिनेछ ।
अनार, अंगुर, अलैची, दाँते ओखर, रुख बदाम जस्ता फलफुलको विकास प्रवद्र्धन गर्ने तथा जैतुन खेतीको सुरुवात गरी जनताको आयस्तर माथि उठाउन विषेश योजना कार्यक्रमहरु ल्याइनेछ ।
कृषि वजार केन्द्र तथा हाटवजारको उचित व्यवस्थापनमा ध्यान दिइनेछ ।
यस गाउँपालिका क्षेत्रमा अदुवा खेती, तरकारी, फलफुल, पशुपालन, तथा जडिबुटि क्षेत्रमा प्रसस्त विकासका प्रयास भएका छन् तापनी यी क्षेत्रमा रहेका प्रचुर संभावना लाई अध्ययन तथा अनुसन्धानका आधारमा थप व्यवसायिकरण तथा बजारीकरण गर्न अत्यन्त जरुरी रहेको छ ।
महिला तथा वालवालिकाः
समाजमा पछि परेका एकल, असहाय, दलित, दुरगम जनजाती तथा इच्छुक महिलाहरुका लागी प्राथमिकताको आधारमा विभिन्न सिपको विकास गरी उद्यम गर्न ‘चेलिवेटी उद्यम कार्यक्रम’ लिइएको छ । यस कार्यक्रमले महिलाहरुमा उद्यम गर्ने प्रोत्साहन मिल्ने छ । त्यसैगरी महिला सचेतना र शशक्तिकरणका लागी ‘दिदीवहिनीसंग उपाध्यक्ष’ भन्ने कार्यक्रम लिइएको छ । यसले समाजमा आयआर्जन र नेतृत्वको श्रोत पुरुष मात्र हुन् भन्ने पुरानो मान्यतालाइ निरुत्साहित गर्नेछ ।
कानुन तथा न्यायः
समाजमा झै झगडा, विवाद र हिंशाजन्य क्रियाकलाप भइरहँदा त्यस्तो समाजले चाहेजस्तोे समयभित्र विकास गर्न र समृद्धि हाँसिल गर्न सक्दैन । त्यसैले समाजमा झै झगडा, विवाद र हिंशाजन्य क्रियाकलापको निरुत्साहन तथा सच्चा न्याय दिलाउन ‘सद्भाव, सहकार्य, सहमति, सकारात्मक भावनाको आदानप्रदान, स्वच्छ, निष्पक्ष, सुलभ र छरितो तरिकाले न्याय समपादन’ भन्ने नीतिलाई अंगीकार गरिएको छ । यसमा समाजमा उत्पन्न हुने विवाद कम गराउने, वडा स्तरमा प्राय विवादको समाधान हुनेछ ।
श्रद्धय अध्यक्ष महोदय ,
शिक्षाः
शिक्षा आर्थिक विकास तथा समृद्धिको पूर्वशर्त हो । शिक्षाविना कुनै पनि समाज अगाडी बढ्न सक्दैन । त्यसैले ‘प्रविधियुक्त समाज आजको आवश्यकता, समृद्धिका लागि गुणस्तरिय शिक्षा’ भन्ने नारालाई यस गाउँपालिकामा लागू गर्न गाउँपालिकाको कम्तीमा पनि दुई प्राविधिक शिक्षालयको व्यवस्था गर्ने कार्य सुरु गरिने छ । साथै शिक्षा क्षेत्रका विभिन्न समस्याहरु निराकरणको सुरुवात गरिने छ । यसका लागी ‘हाम्रो जीवनमा राम्रो शिक्षा’ भन्ने कार्यक्रम लिइएको छ । यसले शिक्षाको गुणस्तरियतामा वृद्धि गर्नेछ ।
भर्ना अभियान कार्यक्रम तथा घरदैलो कार्यक्रम संचालन गरि सबै बिद्यालय उमेरका बालबालिकालाई बिद्यालयको पहँुच सुनिस्चितता गरिनेछ । थप बालबिकास केन्द्र स्थापना गरि सबै पूर्ब पा्रथमिक उमेर समुहका बालबालिकालाई बिद्यालय पहँुच सुनिस्चितता गरि पठनपाठन संचालन गरिनेछ ।
बिद्यालय मर्ज, तह मिलान, तथा दरबन्दि मिलानको माध्ययमबाट सबै बिद्यालयमा न्युनतम शिक्षक दरबन्दिको ब्यबस्था गरि पठनपाठन कृयाकलापलाई सुचारु गरिने । दरबन्दि मिलान पश्चात शिक्षक बिद्यार्थि अपुपातको आधारमा पिसिएफ अनुदानको ब्यबस्था गरि शिक्षक ब्यबस्थापन गरि शैक्षिक स्तर बढाउन प्रयास गरिनेछ । कुनै एक दरबन्दि समेत नभएका माध्यमिक बिद्यालयमा पिसिएफ बापत एकमुष्ट अनुदान रकमको ब्यबस्था गरि शिक्षक ब्यबस्थापन गरिनेछ । बिपन्न बर्गका बिद्यार्थि, उत्कृष्ठ शिक्षक, बिद्यार्थि र बिद्यालयलाई प्रोत्साहन गरी उनीहरुको मनोबल उच्च राखि शैक्षिकस्तर बृद्धि गर्न पो्रत्साहित गरिनेछ ।
खानपान तथा व्यवहारः
जनताको खानपान र पोषण जस्ता कार्यमा विशेष ख्याल गर्न जनचेतना बढाउनुपर्ने हुन्छ । ‘हरिया तरकारी डोकाबाट फाल्ने, भान्छामा सोयाबिनमा नुन हाल्ने’ भन्ने उखान हामीमा लागू भएको छ । चाउचाउ, विष्कुट र अन्य जंक फुड आफु र आफ्ना छोराछोरीलाइ खुवाउने गर्नाले स्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ । आफुले उत्पादन गरेको गहुँ, मकै, भटमास, चना, चामलको परिकार खाजाको रुपमा कम प्रयोग गरिएको छ । हरेक बार, खाना चार भन्ने सिद्धान्तलाई लागू गर्न ‘स्वस्थ सफा नानीदेखिको बानी, उचित आहारविहार स्वस्थ जीन्दागानी’ भन्ने नारा लागू गरी जनचेतना र घुम्ती स्वास्थ्य शिविरबाट स्वास्थय सेवा प्रदान गर्न ‘स्वस्थ शरीर, सुखि जीवन’ भन्ने कार्यक्रम लिइएको छ ।
स्वास्थ्य, सरसफाई तथा पोषणः
कपुरकोट गाउँपालिकालाई सन् २०२१ भित्र पुर्णसरसफाईयुक्त गाउँपालिका घोषणाका लार्गि बेमौसमी तरकारी खेतिले प्रसिद्ध कपुरकोट, सुन्दर, सफा र हराभरा गाउँपालिका बनाउने हाम्रो अठोट’ भन्ने मुल नाराका साथ विभिन्न अभियानहरु संचालन गरिने छ ।
स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच बृद्धि गर्नका लागि तथा सेवाको मुलधारमा आउन नसकेका समुदायलाई आधारभूत स्वास्थ्य प्रदान गर्नका निम्ति स्थानीय स्रोतमा यस गाउँपालिका अन्तर्गतका २ वडाहरुमा आधारभूत स्वास्थ्य इकाइको स्थापना गरिनेछ । हरेक स्थानीय तहमा १५ शैयाको अस्पताल स्थापना गर्ने राष्ट्रिय नीति अनुसार सोको स्थापनार्थ आवश्यक पर्ने १२ रोपनी जग्गा आगामी बर्षमा व्यवस्थापन गरिनेछ । स्थानीयस्तरमा उपलब्ध हुने जडिबुटीहरुको व्यवस्थापन र उपयोग गर्दै आयुर्वेद चिकित्सा प्रणालीलाई थप व्यवस्थित एवं विस्तार गरिनेछ ।
योगलाई विद्यालय तथा आम जनतामा विस्तार गरि आम नागरिकको योगाभ्यासको माध्यमबाट आम जनमानसको स्वास्थ्यमा सुधार आउने अपेक्षा गरिएकोछ ।
खानेपानीका मुहान शुदृढिकरण तथा मुहानको संकलन केन्द्रको सुरक्षा गरी खानेपानीको गुणस्तर सुधार र आवश्यकता अनुसार मासिक तथा चौमासिक रुपमा खानेपानीको गुणस्तर सुधारका लागि खानेपानी उपभोक्ता समितिलाई थप जवाफदेही बनाइनेछ । स्वास्थ्य क्षेत्र एक बहुआयामिक क्षेत्र भएको हुँदा हरेक विषयगत नीतिहरुमा स्वास्थ्यका लक्ष्यहरु हासिल हुनसक्ने नीतिहरु अवलम्वन गरिनेछ ।
स्वस्थ घर, स्वस्थ गाउँ तथा स्वस्थ नगर जस्ता अभियानहरु मार्फत जनचेतना अभिबृद्धि गरिनेछ । पूर्णखोप सुनिश्चितता वडा तथा गाउँपालिकाको अवस्थालाई कायम गर्दै हरेक वडाहरुमा खोपको अवस्थाको हरेक बर्ष समिक्षा गरी पूर्ण खोपको अवस्थालाई हरेकवर्ष सुनिश्चित रहेको घोषणा गरिनेछ । महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई स्वास्थ्यका सम्पूर्ण कार्यक्रमहरुमा समुदायस्तरमा जनचेतना फैलाउने कार्यमा उत्प्रेरित गरिनेछ । हरेक स्वास्थ्य संस्थामा स्वास्थ्य शिक्षा कर्नर राखिनेछ र पोषिला खानेकुराको प्रदर्शन गर्ने र स्थानियस्तरका पोषिला खानेकुराहरुको उपयोग बृद्धि गराउन आवश्यक शिक्षा परामर्श दिइने व्यवस्था मिलाइनेछ ।
कला तथा संस्कृतीः
यस गाउँपालिकाभित्र भएगरेका सोरठी, पैसरी, पञ्चेबाजा, टप्पा, लाखे, हिंयूपी (डोके नाच), कुर्साना, मदाना, भुमे नाच जस्ता लोप हुन लागेका नृत्य र फाँक, साइलोजी, ठाडीभाका, झ्याङा, साइली भाका, डालाकटौरा, भजन लगाएतका मौलिक लोककलाको संरक्षण गर्न ‘संस्कृतीको संरक्षण, हाम्रो पहिचान’ कार्यक्रम लागू गरि गीत, नृत्यको तालिम तथा प्रतियोगिता राखि संरक्षण गरिने छ । साथै पुराना वस्तुहरुको खोज र संकलन तथा मगर जातीले प्रयोगमा लिएका सामग्री तथा भाषासंग सम्बन्धित यस क्षेत्रका नामांकनको शब्द अर्थ सहितको संग्रालय निर्माण गर्न पहल गरिने छ ।
आन्तरिक श्रोत व्यवस्थापनः
कपुरकोट गाउँपालिकाको आन्तरीक आय बढाई गाउँपालिकाको आर्थिक मजबुतीका लागि ‘हाम्रो गाउँ हामी बनाउँ, करको दायरामा सबै आउँ’ भन्ने कार्यक्रम लिइएको छ । यस कार्यक्रमले कपुरकोट गाउँपालिकाको विभिन्न क्षेत्रको विकास गर्न र यस पालिकामा रहेका अशक्त, रोगी, जेष्ठ नागरिकहरुलाइ राहात दिन सहयोग पुग्नेछ भने जनता, प्रदेश सरकार, संघिय सरकारबाट प्राप्त रकमको पारदर्शिताका लागी वित्तिय नीतिमा रहेर जनताविच खुल्ला गरिने छ ।
आन्तरिक श्रोत व्यवस्थित र बृद्धि गर्दै लग्न करको दायरा फराकिलो वनाउदै लगिने छ । आन्तरिक श्रोतको वृद्धि गर्नको लागि आ.व.२०७५ श्रावण देखि एकिकृत सम्पत्तिकर लगाउने सन्दर्भमा सम्पत्तिको मूल्याङ्कन अघि बढाई एकिकृत सम्पत्ति कर लागु गरिने छ । व्यवसाय करलाई व्यवस्थित बनाउदै बहाल करलाई पनि कर संजाल भित्र ल्याइने छ ।
बजार व्यवस्थापनः
बजारलाई माग र आपूर्तिको प्राकृतिक नियमानुसार संचालन हुनको लागि बजार अनुगमन, मूल्य सूचि तथा अन्य आवश्यक संयन्त्र बनाई लागु गर्न पहल गरिने छ । बजारलाई व्यवस्थित बनाई बजारको सुन्दरता कायम गर्न खानेपानी, सरसफाई तथा फोहोरमैला व्यवस्थापन कार्यविधिलाई कडाईका साथ कार्यान्वयन गरिनेछ ।
तथ्याङ्ग संकलन तथा अभिलेख व्यवस्थापनः
गाउँपालिकालाई आवश्यक विभिन्न तथ्याङ्कहरु समय समयमा संकलन गरिने छ ।
संकलित तथ्याङ्कहरुको व्यवस्थित अभिलेख राखिने छ ।
अभिलेख व्यवस्थापनको लागि सूचना प्रविधिको प्रयोग गरिने छ ।
योजना तथा कार्यक्रमहरुलाई तथ्याङ्कसंग आवद्ध गरिने छ ।
सार्वजनिक सेवा प्रवाहः
सेवा प्रवाहलाई चुस्त दुरुस्त, पारदर्सी र जवाफदेही बनाइने नीति लिइनेछ । यसको लागि सार्वजनिक उत्तरदायित्वका औजारहरु (सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण) लाई कार्यान्वयनमा ल्याइनेछ ।
डिजिटल नागरिक बोर्डको व्यवस्था गर्ने तथा सेवा प्रवाहमा आधुनिक प्रविधिलाई प्रयोगमा ल्याइने छ ।
कर्मचारीहरुलाई समयानुकुल तालिमको व्यवस्थाका साथै प्रोत्साहनको व्यवस्था गर्दै लगिने छ ।
स्थानीय योजना व्यवस्थापनः
स्थानीय योजना तर्जुमा, कार्यान्वयन तथा अनुगमन मूल्याङ्कनको बस्तुगत मापदण्ड बनाई लागु गरीने छ ।
योजना माग गर्दा सबै एकै वर्षमा हुनुपर्छ भन्ने मान्यताले जरा गाडेको विद्यमान अवस्थालाई चिर्दै भौतिक पूर्वाधार तर्फ कम्तिमा तीन लाख भन्दा तलका योजना नगर्ने नीतिलाई कडाई गर्दै लगिने छ ।
कार्य सम्पादनको आधारमा उपभोक्ता समिति तथा कामसंग सम्बन्धित समुहहरुलाई सम्मान तथा पुरस्कार र दण्डको पनि व्यवस्था गरिने छ ।
सडक, यातायात तथा संचारः
पाँच वर्ष भित्रमा सवै वडा कार्यालय सम्म पक्की मोटरबाटो पु¥याउने नीति लिइने छ ।
विद्यालय तहमा ट्राफिक नियम सम्बन्धी शिक्षा प्रदान गरी सडक दुर्घटना लाई न्युनिकरण गर्ने नीति लिइनेछ ।
सबै वडामा संचार सेवा तथा इन्टरनेटकोे प्रभावकारी व्यवस्था गर्न विशेष पहल गरिने छ ।
जताकतै टर्याक खोली वातावरण विनास गर्ने कार्यलाई निरुत्साहित गर्न गाउँपालिका यातायात गुरु योजनाको पूर्ण कार्यान्वयन गरिनेछ ।
जेष्ठ नागरिक, अपाङ्ग, महिला , दलित, असहायः
जेष्ठ नागरिक ,अपाङ्ग,महिला , दलित, असाय आदि व्यक्तिहरुको लागि विषेश योजना बनाई जिउन सहज बनाउने नीति लिइने छ ।
जेष्ठ नागरिक सम्मान , मनोरञ्जन स्थलको निर्माण, भजनकृतन स्थलको व्यवस्था जस्ता कार्यक्रम संचालन गर्ने नीति लिइने छ । प्रत्येक वर्ष वर्षको दुइ पटक (आमाको मुख हेर्ने दिन र बाबुको मुख हेर्ने दिन) ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई सम्मान गरिनेछ ।
सामाजिक सुरक्षा भत्तालाई बैंक मार्फत वितरण गरी लाभग्राही स्वयले भत्ता पाउने व्यवस्था गरिने छ । बैंक सम्म आउन नसक्ने अति अशक्त , अति बृद्धहरुको पहिचान गरी घरमा नै भत्ता बुझ्ने व्यवस्था गरिनेछ ।
वन वातावरण तथा खनिजः
वन वातावरण संरक्षण तथा प्रवद्र्धनमा उच्च प्राथमिकता दिइने छ ।
वनको संरक्षण मा विशेष ध्यान दिई राष्ट्रिय मापदण्ड भन्दा माथि पु–याइने छ ।
गाउँपालिकामा सुविधा सम्पन्न उद्यान तथा वाल उद्यानको व्यवस्था गरिने छ ।
खनिज पदार्थ भएको स्थानको संरक्षण ,पूर्वाधार निर्माण तथा त्यसबाट हुने वातावरणको क्षतिको न्युनिकरणमा विशेष ध्यान दिइने छ ।
फोहरमैला व्यवस्थापनः
कुहिने र नकुहिने फोहरलाई श्रोतमा नै वर्गिकरण गरी अनावश्यक फोहर संकलन मा न्युनीकरण गरिने छ ।
फोहारमैला व्यवस्थापन शुल्क कडाईका साथ लागु गरिनेछ ।
टोल विकास संस्थाहरु गठन गरी फोहर व्यवस्थापन कार्यलाई प्रभावकारी बनाईने छ ।
भवन निर्माण तथा बस्ती विकासः
भवन निर्माण तथा वस्ती विकास मापदण्ड निर्माण गरी लागु गरिने छ ।
नमुना बस्तीहरु, गाँउ स्तरिय नमुना शहर (कmबचत अष्तथ) निर्माण गरि व्यवस्थित वस्तीको विकास गरिने छ ।
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न दक्ष प्राविधिक तयार गरिने छ ।
विपद व्यवस्थापनः
विपद जोखिम न्युनिकरण योजना तयार गरी लागु गरिने छ ।
विपद जोखिम सम्बन्धमा नागरिकलाई सुसुचित गर्ने कार्यक्रम संन्चालन गरिने छ ।
आकष्मिक कोषको व्यवस्था गरिने छ । आकष्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि बमोजिम विपद व्यवस्थापनका जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
पर्यटन विकासः
गाउँपालिकास्तरीय पर्यटन गुरुयोजना बनाई सम्भाव्यता र ऐतिहासिक तथा पुरातात्विक महत्व रहेका पौवा, मठ, मन्दिर र स्थलहरुको संरक्षण, पुननिर्माण र विकास गर्दै लगिनेछ ।
अर्गानिक तरकारी खेती, नमुना फलफुल खेती, उन्नत जात तथा तरिकाको कृषि तथा फलफुल खेतीको माध्यमबाट कृषि पर्यटनको विकास गर्ने नीति लिइने छ ।
वातावरण संरक्षण ,वन संरक्षण ,जडिबुटि खेती , नमुना उद्यानहरुको विकास गरी पर्यटन आकर्षित गर्ने नीति लिइने छ ।
आधुनिक होटल रेष्टुरेन्टहरुको विकास प्रवद्र्धन गर्ने नीति लिइने छ ।
सास्कृतिक सम्पदाहरुको संरक्षण गरी पर्यटन विकास गर्ने नीति लिइने छ ।
श्रद्धय अध्यक्ष महोदय ,
विकासका सम्भाव्य अवसरहरुलाई सामाजिक न्याय, क्षेत्रिय सन्तुलन का साथसाथै साधन श्रोतको वास्तविक रुपमा कार्यान्वयन गर्न आवश्यकताका आधारमा प्राथमिकीकरण गरी सन्तुलित विकासका निम्ति मार्गदर्शन गर्न निम्नलिखित भिजन मिसन तथा नितीहरु अवलम्वन गरी आर्थिक वर्ष ०७५÷०७६ को गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गरिएको व्यहोरा गरिमामय सदन समक्ष निवेदन गर्न चाहन्छु ।
स्थानीय सरकारको गठनसँगै जनताहरुमा विकासका अपेक्षाका चाँङका पहाडै छन् तापनि सबै विकास तथा अपेक्षा एकै पटक पुरा गर्न सकिने होइन । आवश्यकताका प्राथमिकता, सभ्भाव्यता, औचित्यताका साथसाथै बजेटको सिमितताका विचबाट विकासको बाटो पहिल्याउने मुल उद्ेश्यले यो बजेट ल्याइएको छ र यसका अन्य उद्ेश्यहरु देहाय बमोजिम भएको व्यहोरा निवेदन गर्न चाहन्छु ।
बजेट तथा कार्यक्रमका उद्धेश्यहरु
· नागरिकका मौलिक हकको रुपमा रहेका जीवनयापनका न्यूनतम आधारभूत आवश्यकताहरु परिपूर्ति गर्दै गरिबी, विपन्नता र पछौटेपनको अन्त्य गर्न गाउँपालिकास्तरीय पूर्वाधार विकास, आर्थिक, सामाजिक तथा साँस्कृतिक विकास केन्द्रित तथा अन्तरसम्बन्धित बनाउने ।
· कपुरकोट गाउँपालिकाको समृद्ध विकासको खाका कोर्ने ,
· यस गाउँपालिका क्षेत्रमा वसोवास गर्ने गरिब, पिछिडिएका तथा विपन्न का साथसाथै फरक क्षमता भएका व्यक्रि समुहको जीवनस्तर माथि उठाउन सहयोग गर्ने ,
· यस गाउँपालिकाको विकासको लागि स्पष्ट भिजन , नारा तथा नीतिहरु तय गरि विकासको गतिलाई निश्चित दिशाबोध गर्न ,
कपुरकोट गाउँपालिकाको दीर्घकालिन मार्ग निर्देशन का लागि भिजन , पहिचानको नारा तथा नीतिहरु देहाय अनुसार तय गरीएको छ ।
दृष्टिकोण (ख्क्ष्क्क्ष्इल्) ः आगामी ५ वर्ष भित्र सम्मृद्ध र नमुना गाउँपालिका बनाउने
अभियान (ःक्ष्क्क्क्ष्इल्) ः आन्तरिक आम्दानी लाई सवल वनाउदै प्राप्त श्रोत र साधनको अधिकतम सदुपयोगका माध्यमबाट गाउँपालिकाको समग्र पक्षको विकास गर्ने ।
नारा ः “कृषि , पर्यटन र पूर्वाधार, कपुरकोट गाउँपालिकाको विकासको आधार ”
श्रद्धय अध्यक्ष महोदय ,
अब म वार्षिक नीति , कार्यक्रम तथा बजेट तर्जुमा गर्दा लिइएका मुख्य मुख्य आधार , प्राथमिकताका आधार ,क्षेत्र, मार्गदर्शन तथा विषयगत क्षेत्रहरुको प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
योजना कार्यक्रम तर्जुमाका आधार
१. नेपालको संविधानमा उल्लेखित स्थानिय तहको एकल तथा साझा अधिकारहरुको सुचि,
२. नेपालको संविधानमा उल्लेखित मौलिक हकहरु,
३. स्थानीय सरकार सञ्चाचलन ऐनको मर्म तथा उद्देश्य,
४. नेपाल सरकारबाट स्वीकृत संघ, प्रदेश र स्थानिय तहको कार्यविस्तृतिकरणको प्रतिवेदन ,
५.संघिय सरकार तथा प्रदेश सरकारको आवधिक योजनाले लिएका नीति तथा प्राथमिकताहरु ,
६.संघिय सरकारले अवलम्वन गरेका आर्थिक तथा वित्तिय नीतिहरु,
७.स्थानीय तहको आवधिक योजनाले अंगिकार गरेका प्राथमिकताहरु,
८.नेपालले अन्तराष्ट्रिय जगतमा जनाएका प्रतिबद्धताहरु,
९.संघीय सरकारका क्षेत्रगत नीति, रणनिति योजना तथा अध्ययन प्रतिवेदनहरु,
१०.विकासका समसामयिक मुद्धाहरु (दिगो विकास, जलवायु परिवर्तन, विपद व्यवस्थापन, पोषण सुरक्षा ,लैगिक सशक्तिकरण, पुर्ण सरसफाई, पुर्ण खोप, फोहोर मैला व्यवस्थापन जस्ता विषयहरु,
११.स्थानीय तहको मध्यकालिन खर्च संरचनामा अनुरुप प्राथमिकतामा परेका विषयहरु,
१२. स्थानीय तहले आवश्यक देखेका अन्य विषयहरु
१३. गाउँपालिकामा रहेका विभिन्न विषयगत समितिले अवलम्वन गरेका नीतिहरु
योजना ÷ कार्यक्रम प्राथमिकताका आधारहरु
· आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पु–याउने,
· उत्पादन मुलक र छिटो प्रतिफल दिने (ठुला आयोजनाको हकमा ३ वर्ष सम्म पुरा हुने)
· राजश्व परिचालनमा योगदान पु–याउने,
· सेवा प्रवाह ,सुशासन तथा संस्थागत विकासमा योगदान पु–याउने,
· दिगो विकास, वातावरण संरक्षण, फोहोर मैला व्यवस्थापन, विपत व्यवस्थापनमा योगदान पु¥याउने,
· स्थानिय स्रोत साधनमा आधारित भई जनसहभागिता अभिबृद्धि हुने,
· लैंगिक समानता, सामाजिक समावेशीकरणको अभिवृद्धि हुने,
· स्थानिय संस्कृतिक खोजी, संरक्षण तथा प्रबद्र्धन गर्न सहयोग पु¥याउने,
प्राथमिकताका क्षेत्रहरु
्य भौतिक पूर्वाधारहरुको स्तरोन्नती तथा नयाँ निर्माण
्य कृषि विकास तथा अर्र्गानिक खेती विकास
्य ग्रामिण बिद्युतिकरण
्य वन वातावरण संरक्षण
्य सामाजिक विकास
्य सांस्कृतिक पहिचान तथा संरक्षण
्य मानव संसाधन विकास
योजना कार्यक्रम तथा बजेट निर्माणको मार्गदर्शन
· वितरणमुखी योजना छनौट नगर्ने ।
· ठोस प्रतिफल दिने खालका योजनामात्र छनौट गर्ने ।
· स्थानीय सम्भाव्यताको आधारमा लघु उद्यम मैत्री योजना र वातावरण संरक्षण, स्थानीय सिप, साधन र क्षमता परिचालन हुने, कृषि उत्पादन बढ्ने, बढि जनसहभागिता जुट्ने योजनालाई प्राथमिकता दिने ।
· साना तीना मर्मत सुधार,मुहान संरक्षण जस्ता योजना बाहेक अन्य योजनामा रु. ३ लाख भन्दा कम वजेटका योजना छनौट नगर्ने ।
· योजना छनौट गर्दा सवै वर्ग र समुहलाई समेटेर छनौट गर्ने ।
· पिछडीएको समुह, वर्गलाई योजना छनौटमा प्राथमिकता मा राख्ने ।
· लक्षित वर्गका लागि विषेश सम्बोधन गर्ने खालको योजना÷कार्यक्रम ल्याउने ।
श्रद्धय अध्यक्ष महोदय ,
अब म माथि उल्लेखित नीति तथा कार्यक्रमहरुको कार्यान्वयनको लागि आगामी आर्थिक वर्ष २०७५÷०७६ को प्रस्तावित बजेट अनुमानको सारांश प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
आगामी आ.व.को लागि यस गाउँपालिकाको अनुमानीत कुल वजेट व्यय अनुमान रु २३ करोड ४१ लाख ९८ हजार
जसमा खर्च व्यहोर्ने श्रोततर्फ
संघिय सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट रु ७ करोड २१ लाख,
कर्णाली प्रदेश सरकार वित्तिय समानिकरण अनुदान शिर्षकबाट रु ४९ लाख ४१ हजार
संघिय सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ५ करोड ४६ लाख २४ हजार
कर्णाली प्रदेश सरकार राजश्व बाँडफाँड शिर्षकबाट रु ४ लाख ३३ हजार
संघिय सरकार सशर्त अनुदान शिर्षकबाट रु ८ करोड ४१ लाख
आन्तरिक राजश्व अनुमानबाट रु ३० लाख
संचित कोषमा चालु आ.व.का अन्तिममा खर्च हुन बाँकी भई जम्मा हुने अनुमानित रकम रु १ करोड ५० लाख गरी जम्मा रु २३ करोड ४१ लाख ९८ हजार अनुमान गरिएको छ ।
त्यस्तै राजश्व बाँडफाँडबाट चालु खर्च तर्फ रु ४ करोड ४६ लाख २४ हजार र जम्मा पँुजिगत खर्च तर्फ १० करोड ५४ लाख ७४ हजार र सशर्त ( शिक्षा, स्वास्थ्य, कृषि, पशु, महिला विकास, उर्जा र खेलकुदमा) शिर्षकमा रु ८ करोड ४१ लाख रहेको छ ।
सबै वडामा सन्तुलित विकासको अवधारणा अनुसार जनसंख्या, भूगोल र विकासको अवस्थालाई बजेट विनियोजनको आधारको रुपमा लिइएकोले सन्तुलित विकासको अपेक्षा पनि गरेको छु । सामाजिक सुरक्षा भत्ता संघिय सरकारको विशेष कार्यक्रम भएको र यसको हिसाब पछिमात्रै प्राप्त हुने भएकोले यस्मा समावेश गरिएको छैन । नीति, कार्यक्रम र बजेटको विस्तृत विवरण गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट किताबमा प्रकाशित गरिने छ । आन्तरिक आय संकलन र संचित कोषबाट रकम व्यय (खर्च) गर्ने प्रयोजन को लागि छुट्टै आर्थिक ऐन र विनियोजन ऐन पेश गरिएको छ ।
श्रद्धय अध्यक्ष महोदय ,
प्रस्तुत बजेट तर्जुमामा मार्गनिर्देशन गर्नुहुने तथा अहम भूमिका निर्वाह गर्नुहुने श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिका संयोजक श्रद्धय अध्यक्षज्यू, गाउँ कार्यपालिकाका सदस्यज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु प्रति हार्दिक आभार प्रकट गर्दछु । श्रोत अनुमान तथा बजेट सिमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति तथा राजश्व परामर्श समितिहरुमा भएका छलफलका क्रममा उक्त समितिका आदरणीय सदस्यहरुले दिनु भएका सुझाबहरु आर्थिक ऐन तथा प्रस्तुत नीति, कार्यक्रम तथा बजेटका आधार भएर रहेका छन् । बजेट छलफलको क्रममा आ–आफ्नो तर्फबाट सुझाब दिनुहुने बुद्धिजिवी, अर्थशास्त्री, निजी क्षेत्रका संघ संगठनहरु,नागरीक समाज तथा सामुदायिक संस्था, सामुदायिक संगठनहरु, पत्रकार र गाउँपालिकाबासी तथा गाउँपालिका बाहिर स्वदेश तथा विदेशमा रहनु भएका दिदीबहिनी, दाजुभाईहरु सबैलाई हार्दिक धन्यबाद ज्ञापन गर्दछु ।
बजेट छलफल तथा निर्माणको क्रममा निरन्तर रुपमा खटिई सहयोग गर्नुहुने गाउँ कार्यपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण सचिवालयका कर्मचारीहरु तथा गाउँपालिका अन्तर्गतका सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
अन्त्यमा गाउँपालिकाको विकास र सम्बृद्धिका लागि बजेट श्रोतको सुनिश्चितता गरिदिने संघिय नेपाल सरकार र कर्णाली प्रदेश सरकार तथा निरन्तर सद्भाव र सहयोग पु¥याउने आम नागरीक, करदाता, गाउँपालिकाको हित र समुन्नतीमा कार्यरत सबै विकास साझेदार, सरकारी गैरसरकारी तथा सामुदायिक संस्थाहरुप्रति आभार व्यक्त गर्दै बजेटको सफल कार्यान्वयनमा सबैको खुला सहयोगको अपेक्षा गरेको छु ।
समस्याहरु धेरै छन्, सबैको एकैपटक समाधान सम्भव छैन र हुन पनि सक्दैन । वर्तमान वस्तुगत यथार्थ धरातलमा उभिएर चुनौतिहरुको सामना गर्न हामी सबै कटिबद्ध, प्रतिबद्ध र एकताबद्ध बनौं । उज्वल भविष्य निर्माणको लागि आशावादि बनौं ।
धन्यवाद !
तिला बुढामगर
उपाध्यक्ष तथा संयोजक कार्यक्रम
तथा बजेट तर्जूमा समिति ८र
कपुरकोट गाउँपालिका, सल्यान











