घोराही, ११ असार । नेपाल प्रहरीको हालैमात्र सुरु भएको टोलटोलमा प्रहरी अभियान अन्तरगत दाङको मावि नारायणपुरमा र मावि रामपुरमा सचेतना कार्यक्रम भएको छ ।
सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा मावि नारायणपुरमा लागु औषध विरुद्धको सचेतना कार्यक्रम भएको छ । कक्षा ६ देखी १२ सम्मका डेढ सय विद्यार्थीहरुलाई लागु औषध दुव्र्यशनको बारेमा प्रशिक्षण दिईएको थियो ।
केन्द्रका अध्यक्ष विष्णुप्रसाद पुनको अध्यक्षता एवं विद्यालयका प्राचार्य टोपबहादुर केसीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक धनदेव साउदले विद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । लागु औषध, दुव्र्यशन र दुव्यर्शनी, यसका लक्षण, बच्ने उपा लगायतका बारेमा उनले विद्यार्थीहरुलाई जानकारी गराएका थिए ।
यस्तै सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा गंगा मावि रामपुरमा बालविवाह र मानव बेचविखनका विषयम सचेतना कार्यक्रम भएको छ । कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक रञ्जन अवाले बालविवाह र मानव वेचविखनको बारेमा जानकारी गराएका थिए ।











