इन्द्रेणी संवाददाता
दाङ, २९ जेठ । केही दिनदेखि बढदै गएको गर्मीका कारण दाङका नीजि विद्यालयहरु तीन दिनका लागि बन्द हुने भएका छन् । ।
गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा समस्या देखिदै आएको र पठनपाठनमा समेत असहजता आएको भन्दै प्याव्सन र एन प्याव्सनले जिल्लाका नीजि विद्यालयहरु जेठ ३० गतेदेखि असार १ गतेसम्मका लागि बन्द गरेका हुन् ।
प्याव्सन दाङका अध्यक्ष यादव गिरी र एन प्याव्सनका अध्यक्ष भिमबहादुर बुढाथोकीले मंगलवार सयुक्त विज्ञप्ति जारी गरी विद्यालय बन्द गरिएको जानकारी दिएका छन् । विज्ञप्तिमा गर्मीका कारण विद्यार्थीहरुमा झाडापखाला, पेट दुखने, टाउको दुखनेजस्ता समस्या समेत आएको उल्लेख छ ।












