एजेन्सी, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ अनबीच आज भएको वार्तामा केही सहमति भएका छन् । आज सिंगापुरमा भएको वार्तामा ट्रम्प र किमले एक संयुक्त सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

trump-kimसहमतिका बुँदाहरु

१.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया दुई देशका जनताहरुको शान्ति र सम्बृद्धिको लागि रहेको चाहना अनुरुप नयाँ सम्बन्ध विकास गर्न प्रतिबद्धता जनाउछौं ।

२.संयुक्त राज्य र लोकतान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा दीर्घकालिन र स्थीर शान्तिको अवस्था निर्माणको लागि मिलेर काम गर्नेछौं ।

३.२०१८ अप्रिल २७ को प्यानमुन्जोम घोषणापत्रलाई पुनः जोड दिदंै लोकतान्त्रि जनगणतन्त्र कोरिया कोरियाली प्रायद्विपमा पूर्ण आणविक निशस्त्रिकरण तर्फ काम गर्ने प्रतिबद्धता जनाउछ ।

४.संयुक्त राज्य र लोकतान्त्रि जनगणतन्त्र कोरिया बाँकी रहेका युद्धबन्दी र सेवामा रहदा हराएकाहरुलाई पुनप्राप्त गर्नको लागि प्रतिबद्ध छौं । यसमा र, पहिले पहिचान भइसकेकाहरुलाई तत्काल क्षतिपुर्ति प्रदान गरिनेछ ।