काठमाडौं । नेपालगञ्जबाट जुम्ला गएको कलसाइन नम्बर नाइन एन एइ भीको जहाज ठूलो दुर्घटनाबाट जोगिएको छ ।
विमान विमानस्थल अवतरणका क्रममा टायर पञ्चट भई रनवे छेउको नाला कटेरै जोतिएको थियो ।
विमानमा सबार क्याप्टेन जे के निरौलासहित १८ जना यात्रु सकुसल रहे । टायर पञ्चट भएर अनियन्त्रित भई विमान जोतिएपछि अगाडिको भागमा सामान्य क्षति भएको छ ।











