काठमाडौं, २३ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरमा हुने ऐतिहासिक शिखर वार्ताको सुरक्षा नेपाली गर्ने भएका छन् । रोयटर्समा प्रकाशित समाचार अनुसार बहुप्रतिक्षित ट्रम्प–किम वार्तास्थलको सुरक्षा सिंगापुर प्रहरीमा रहेका गोर्खाली अर्थात नेपाली सुरक्षाकर्मीलाई जिम्मा दिइएको हो ।

Police-2वार्ताका क्रममा ट्रम्प र किमका आफ्नै व्यक्ति सुरक्षा टोली पनि रहनेछ । उनीहरुको टोलीसँग सिंगापुर प्रहरीले सहकार्य गर्नेछ । जसमा सिंगापुर प्रहरीमा रहेको ‘गुर्खा कन्टिनजेन्ट’ अर्थात सिंगापुर प्रहरीभित्र रहेको नेपाली टुकडी पनि समावेश हुनेछ । उनीहरुले वार्तास्थल, सडक, होटेल लगायतका स्थानमा पहरा दिनेछन् ।
सिंगापुर प्रहरीमा रहेका नेपालीहरुको संख्या न्यून भए पनि यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकी रक्षा सचिव जिम माटिस तथा अन्य विशिष्ट व्यक्तिहरुको भ्रमणमा सुरक्षा दिएका थिए ।

रोयटर्सले जतिसुकै आधुनिक हतियारसम्पन्न भए पनि गोर्खालीहरु बिना खुकुरी लड्नका लागि तयार नहुने जनाएको छ । इन्टरनेसनल इन्ष्टिच्यूट फर स्ट्राटेजिक स्टडिज९आईआईएसएस० का विज्ञका रुपमा रहेका टिम हक्स्ले भन्छन्, ‘सिंगापुरले उपलब्ध गराउन सक्ने जति सुरक्षा उपलब्ध गराउँदैछ ।’

हक्स्ले भन्छन्, ‘गोर्खालीहरु सधैँ मोर्चा अग्रपंक्तिमा रहेर काम गर्दछन् । उनीहरुलाई विशेष परिस्थितको सामना कसरी गर्नुपर्छ भन्ने कुरामा निकै पोख्त हुन्छन् ।’ सिंगापुर प्रहरीका प्रवक्ताले भने कति जना गोर्खालीलाई खटाइनेछ भन्ने प्रश्नमा प्रतिक्रिया दिएका छैनन् । आईआईएसएका अनुसार सिंगापुर प्रहरीको विभिन्न ६ वटा प्यारामिलिटरी कम्पनीमा १८ एक हजार ८ सय नेपाली कार्यरत भएको जनाएको छ ।