दाङ, २२ जेठ २२ । सामुदायिक वन उपभोक्ता महासंघ,नेपाल दाङले बृक्षरोपण गरेर विश्व वातावरण दिवस मनाएको छ । ४६ औ विश्व वातावरण दिवसमा अवसरमा वन महासंघको कार्यालय परिसरमा रहेको खाली जग्गामा बृक्षरोपण गरिएको हो । श्रीखण्ड, आप, लहरे अशोक,लिचि, अम्वा, कागती, कपुर र कल्की फूल लगायतका प्रजातिका एक सय बढी बिरुवा रोपिएको वन महासंघ दाङले जनाएको छ ।
बृक्षरोपणको शुरुवात गर्दै दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले राज्यको निति अनुसार एक कर्मचारी एक फलफूलका बिरुवा रोप्ने कार्यक्रमलाई जिल्लाब्यापी रुपमा प्रभावकारी बनाउने गरी काम भइरहेको बताए ।
बृक्षरोपणपछि सामुदायिक वन उपभोक्ता महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले बढ्दो वातावरण प्रर्दषणका न्यूनिकरणकालागि बृक्षरोपण एक शसक्त कार्यक्रम हुने बताए ।
जिल्ला वन कार्यालय दाङका निमित्त प्रमुख मुकुन्दप्रसाद अधिकारीले बृक्षरोपणका लागि कार्यालयले यो बर्षपनि जिल्लामा बिरुवा उत्पादन गरेको जानकारी दिए ।











