दाङ, २२ जेठ । जिल्ला जनपरिषद दाङले जनप्रतिनिधिहरुको राजीनामा माग गर्दै आज राजीनामा पत्र बुझाएको छ ।

feature0दाङका ४ गाउपालिका अन्तर्गत दंगीशरण गाउँपालिका, बबई गाउँपालिका, शान्तिनगर गाउँपालिका र लमही नगरपालिकाका प्रमुख उप्रमुखलाई राजीनामा पत्र बुझाउँदै आफ्नो पदबाट राजीनामा दिई वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न नेपाली जनताको महाअभियानमा ऐक्यबद्धता जनाई जनसरोकारका विषयमा गम्भीर बन्न आग्रह गरेको छ ।

थारुवान स्वायत्त प्रदेश अन्तर्गत जिल्ला जनपरिषद दाङका कार्यालय सचिव भगवान भौधरीद्वारा हस्तारित राजीनामा दिनेबारे पत्रमा भनिएको छ–“विभिन्न शिर्षक उपशिर्षक खडा गरि चर्को कर असुल गर्ने १०० रुपैया सम्मको पुरानो करलाई १००० देखि १०००० सम्म पुर्याएर नेपाली जनताको ढाड सेक्ने काम भइरहेको छ ।

विकास निर्माण लगायत समितिहरुमा आफ्नै श्रीमान श्रीमती लगायत नजिकका नातागोतालाई समितिको प्रमुख बनाउने कामले जनप्रतिनिधि भनिएकाहरुको नियत कस्तो छ ? भन्ने कुरा दिनको घाम जतिकै छर्लङ्ग छ ।”