गोविन्द खड्का
आ“गनमा भर्खरको घाममा सेकिदै कान्तपुरमा घोरीएको थिए“ । नजिकै भिम र दिनेश पनि गफिदै थिए । त्यहि ठाउ“मा दुई जना टाई सुट लगाएका, खाता पिता, सुकिला मुकिला युवक हाम्रो नजिकै आए ।
एक जना केहि बोलेनन् । अर्कोले केहि कुरा गर्न पाउछु कि ? भनेर अनुमति मागे, हुन्छ के कुरा हो ? भन्नुस्न, हामिले अनुमति दियौ“ । तिनले सच्चा प्रभुको सु समाचार सुनाउन आएका छौ । सुनिदिनुस भने । ए त्यसो भए भो, भो सुन्दैनौ । जानुस् भनेर कुरा अगाडि नबढाउन सल्लाह दियौ ।
ति युवक झन् कहर गरेरै सुनाउन खोजे । हामि सच्चा प्रभुको कुरा सुनाउन आएका हौ“ । साक्षत प्रभुको बारेमा हो । भनेर सक्कली र नक्कली क्रिस्चीयनका बारेमा अर्थ लगाउन थाले । हामिले ऊ नजिकै चर्च छ । चाहे पछि हामि त्यहि जान सक्छौ । छिमेकि पाश्चर छन् उनि बाट सुन्न सक्छौ । हामिलाई केहि सुन्नु छैन तपाई यो भन्दा बढि नबोलेर जानुस् भन्यो । अन्तमा नत्र पुलिस बोलाईदियौ“ । यसरी तपाईहरुले धर्मको प्रचार गर्न पाईन्छ । सुन्दैनौ भनेर पुग्दैन । भन्यौ ।
यति भनेपछि उनि लुसुक्क गए । त्यसपछि छरछिमेकमा पनि तिनले बल गरी आफ्ना धार्मिक विचार राख्न सकेनन् । घोराही १८ को खरकट्टि टोलका अगुवा संग उनिहरुले मुर्खता प्रस्तुत गरेका थिए । सामान्य पहिनमा बसेका देखेर गाउ“ले सम्झी हेपाह व्यवहार गरेको हुनुपर्छ । ति युवाका बाबु आमा र छरछिमेक पक्कै टाई सुट लगाएका छैनन् । सुकिला मुकिला भएर हिड्दैनन् । उनिहरुले कसैको झोला बोकेर, धर्म रटेर गाउ“घरमा देखाउने बल जफतको शैलि घृणा योग्य छ । यो एउटा नमुना हो, जसले धर्मप्रचारलाई पेशा बनाएर दिनहु“ हिडिरहेका छन् ।
हाम्रो छलफल चल्दैथियो केहि समय पछि ईमानुयल चर्चका पाश्चर विल्सन सुनार झुलुक्क देखिनुभयो । टाढै बाट कराएर बोलायौ“ । नजिक आएपछि सोध्यौ“, तपाईहरु धर्मप्रचार गर्न किन हिड्नुहुन्छ ? उहाले जवाफ दिनुभयो, ‘हामि होईन यो त अर्को टिम हो । दुई तिन लाख मासिक भाडाको घरमा कार्यालय खोल्छ । यस्तै प्रचार गर्दै हिड्छ । हामि सक्कलीले केहि गर्नुपर्दैन’ । यति भनिरह“दा विल्सनको पनि ठुलै लगानीको चर्च छ । त्यसको श्रोत केहो ? खुलाउनु भैन । भाडामा लिएपनि, आफ्नै बनाएपनि क्रिश्चियन धर्मप्रचारकहरुले खर्चको स्रोत देखाउ“दैनन् । मन्दिर, गुम्बा, मस्जितहरु नभएका होईनन् । तर आक्रामक रुपमा क्रिश्चियन देखिन्छन् ।
मैले बाईवल पढ्छु । वेद, महाभारत, भागवत गिता, श्रीमद् गिता लगाएत धार्मिक पुस्तक संग्रह गरेको छु । नबुझेपनि केहि पुस्तक पढेको छु । हिन्दुधर्मका पुस्तक पढ्न रहर लाग्छ । विद्धता छ । ति पुस्तक पढेर चालचलनका केहि भ्रमहरु चिर्न सजिलो भएको छ । भौतिक बादी भएपनि रुखो बिचार मलाई मन पर्दैन । त्यसलाई रसिलो र कामयावी बनाउने धार्मिक एवं आस्तीक विषयले हो भन्नेमा विश्वस्त छु । यति भन्दा हिन्दु, बौद्ध धर्मका पुस्तक सर्वसाधारणको पहु“चमा छैनन् । एउटै पूस्तक एकहजार भन्दा महंगा छन् । बाईवल पढ्न चाहनेलाई घरमै आई पुग्छ । जत्रो साईजमा खोजेपनि भेटिन्छ । बालवालिकाका लागि समेत बाईवल बनेको छ । सर्वसाधारणको सजिलै पहुच पुग्छ । यसले क्रिश्चियनको प्रचारमा व्यापक बनाएको छ । यसलाई विरोध गर्नु हुन्न । पढ्न नचाहनेलाई ललाई फकाई वा डरत्रास देखाएभने छोड्नु हुन्न । कुनै धर्मको पुस्तक पढ्नै पर्ने गराउनु अपराध हो, सजिलो बनाउनु सेवा हो । धार्मिक संघ संस्थाले सेवा दिने हो भने धार्मिक ग्रन्थहरुलाई क्रिश्चियनले जस्तै सहज बनाउनुपर्छ । व्यापक भयो, हिन्दु धर्म मासियो यस्तै आरोप लगाएर चोखीन खोज्नु हुन्न ।
रहले म चर्च गएको छु । एक जनाले चर्चको बारेमा बुझिदिनुस् मन परे बस्नुहोला नपरे निश्कनु होला भन्नुभयो । उहा“को कुरामा सहमत भए“ र चर्च पुगे“ । कार्यक्रम शुरु भएपछि नया“ को को हो भनेर हात उठाउन लगाईयो । त्यसपछि अरु गतिविधि भए । भेटि उठाईयो । मैले भेटि पनि दिईन । नदिएपछि कसैले दिनैपर्छ भनेर कहर गरेन । मलाई शुरु देखि नै मन परेन । थोरै समयमै बाहिर निश्कीए“ । त्यसमा कसैलाई दोष दिदैन । बलजफत गरिएको होईन ।
त्यसैगरी पतन्जली योगमा केहि हप्ता गएको छु । छोटो अवधिका लागि विपेश्ना ध्यान गरेको छु । ब्रम्हकुमारी राज योगमा पटक पटक प्रसाद खाएको छु । त्यहा“ पनि खुशिले गएको छु । ईच्छाले बसेको छु । यस्तै गरी थुप्रै मान्छेहरु विभिन्न धार्मिक स्थलमा पुग्छन् । कसैलाई जानुपर्ने वाद्यता वा भित्र पस्न नमिल्नो रोकतोक छैन, गर्नु हुदैन मेरो मान्यता यहि हो ।
म विश्वासी हु“ । जसले विश्वास गर्दैनन् उनिहरु सकिन्छन् । उपचार गर्न लग्यो औषधिको विश्वास नगर्ने हुन्छन् । डाक्टरले औषधि लेखेर दिन्छ विरामीले विश्वास गर्दैन । यस्तो तरिकाले त ह“ुदै हुन्न । मलाई औषधि खाएपछि सन्चो हुदैन भन्ने मानसीक विरामीहरु कसरी सन्चो हुन्छन् ? त्यसकारण पनि विश्वास गर्नुपर्छ । म बा“च्छु, काम गर्न सक्छु, कमाउ“छु, क्षमता छ भन्ने विश्वा हुनैपर्छ । विरामी पर्दा कतिले बैद्य, धामि झा“क्रिप्रति विश्वास गर्छन् । उनिहरुलाई अस्पताल लगे झन् विरामी हुन्छन् । कतिले अस्पतालको विश्वास गर्छन कहिल्यै झाक्रि बस्नुपर्दैन ।
यति बेला धेरै मानिस आफैलाई विश्वास गर्दैनन् । आ“खा छ देख्नेमा विश्वास गर्दैनन् । अरु कसैले देखेकोमा बहकिन्छन् । तैले आ“खैले देख्या होस् भनेर केरकार गरेपछि जान त म पनि ग्या हु“ सबैले देख्या हु भन्थे । यस्तो जवाफ दिन्छ । आफ्ना आ“खाले देखेको मिल्दैन होला अलि ठुला मान्छेले देख्नुपर्छ भन्ने भ्रम छ । पैसा कम भयो भने म गरीब मान्छे कहा“ कमाउन सक्छु र ? भन्छ, यो पेशाले कमाई भैन अर्को उपा खोज्छु भन्दैन । यसको अर्थ काम गर्न सक्ने क्षमतावान छु भन्ने विश्वास नहुनु हो । आफ्नो गरीरहेको पेशा धिक्कार्ने, खतम छ, बरबाद भयो भन्छ । त्यसकै कारण अल्छी हुन्छ, जा“डरक्सी खाएर मात्तिन्छ तर, गरीब बनाउने पेशा त्याग्न सक्दैन । कमजोर बनाउने व्यवहार र संगत छोड्न सक्दैन । अर्को पेशा गरे हुन्छ भन्ने विश्वास छैन । यसरी ध्यान गर्न, एक चित्तहुन सिकाउने विश्वास हुनुपर्छ ।
सबै संग काम गर्ने क्षमता छ । एउटा औला मात्रै चल्ने बेज्ञानिक स्टेफन हकिङसले संसारभरका बैज्ञानिकलाई उछिने । अलि अलि ग्यष्टीक, प्रेसर, सुगर हुदैमा आफै प्रति अविश्वास गर्नुहुन्न । हातमा योग्यताको प्रमाणपत्र नहुदैमा पनि असफल होईन । नपढेका मान्छे संग पनि बुद्धि हुन्छ । बरु फरक फरक कामा रुचि होला । आफ्नो रुचि अनुसारको काम गर्ने क्षमता छ । अबसर खोन्नुपर्छ, खोज्दै आउदैन । आफु भित्रको तागत प्रति विश्वास हुनुपर्छ । अरुले यसो गरे, उसो गरे, म त खतम भए“ । मेरो तक्दीरमा छैन । भाग्यले दिएको खाने हो, यस्तै यस्तै भनेर चित्त कमजोर बनाउने होईन । त्यसता अलमल परेकालाई धर्मले बाटो देखाउ“छ ।
कसैले घोकन्ते विद्या पढ्न सकेन । त्यसो भन्दैमा सबै हिसावमा बरबादै भएको होईन । मैले स्कुलमा गएर पढ्न सकिन तर, यो पेशा गर्न सक्छु भन्नर आफु प्रति विश्वास सबै मानवमा हुनुपर्र्छ । ठुलो चोट लागेपनि सन्चो हुन्छ भन्ने विश्वास गर्नुपर्छ ।
चर्चमा गएर प्रार्थना गरेपछि मात्रै ठिक हुन्छु भन्ने सोच भए जानदिनुपर्छ । योगाशन तिर जा“दा राम्रो भयो भने पनि ठिक छ । जसले जहा विश्वास गर्छ उसलाई खुला राखिदिनुपर्छ । सफल हुनका लागि हरेक व्यक्तिले विश्वास गर्नैपर्छ । जसको मन अस्थितर छ, सोचाई गरीब छ, आफै प्रति अविश्वास छ उसले परमेश्वर खोज्दै चर्च, योग, ध्यान जता ईच्छा लाग्छ उतै गए हुन्छ । सबैले हिन्दु हुनुपर्छ, सबैले चर्च जानुपर्छ, ध्यान गर्नुपर्छ भन्ने होईन । तर, कसैले केहि पनि गर्दैन भन्छ भने तानेर कुनै धर्ममा लग्नु हुन्न । जसले गलत आश्वासन दिएर, अफबाह फैलाएर, झुटो प्रचार गरेर प्रभावित पार्छ त्यसता व्यक्तिलाई अपराधी भनेर कार्वाहि गर्नुपर्छ । सच्चा प्रभु वा सु समाचारका नाममा गरिने सबै किसिमका गतिविधिहरुलाई सबै क्षेत्र बाट तुरुन्तै बन्द गरौ“ ।











