दाङ, ४ जेठ । दाङको तुलसीपुर–७ खर्चवाबाट प्रहरीले ठूलो मात्रामा चोरीका सामानहरु बरामद गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी प्रकाश सापकोटाको नेतृत्वमा गएको प्रहरी टोलीले विभिन्न चारवटा घरमा लुकाएर राखेको अवस्थामा लाखौ रकम बराबरको जिन्सी सामान वरामद गरेको हो ।
डिएसपी सापकोटाका अनुसार एलइडी टिभी, ल्यापटप, कम्प्युटर, स्पिकर, साउन्ड उफर, ठूलो संख्यामा रिचार्ज कार्ड, निलो पल्सर मोटरसाइकलको १ थान ट्याङ्की लगायतका जिन्सि सामानहरु रहेका छन् । सुराकीका आधारमा प्रहरीे सो समाग्रीहरु वरामद गरेको हो ।











