केशरमान बुढाथोकी

दाङ १९ बैशाख । हिंजो मे १ अर्थात १ सय २९ औं अन्तराष्ट्रिय मजदुर दिवस ठुला ठुला उद्योग धन्दा कलकारखाना बन्दछन । बैंक अड्डा अदालत सबै बन्द छन् । आज विश्वभरका मजदुरले मजदुरको मुक्ती दिवस मनाउदैछन ।आज एक दिन देशैभर विभिन्न कार्यक्रम गरेर भव्य रुपमा मजदुर दिवस मनाइएको छ । तर बास्तबिक मजदुर जसले एक दिन मजदुरी नगरे प्राण धान्न धौ- धौ हुन्छ तिनलाई मजदुर दिवस भनेको के हो पत्तो छैन ।

बजारमा मजदुरहरुको मोटरसाइकल र्याली चलिरहँदा दाङको सेवारखोला बगरमा गिट्टी कुटिरहे की सुनकुमारी घर्ति ( ६० ) ले पसिना पुछ्दै भनिन खोइ के हो मजदुर दिवस ?? दिनभर गिट्टी कुटेर एक छाक टार्ने मलाइ के थाहा उतै ( बजार तिरै ) सरहरुलाई सोध्नु नि के हो ?

त्यस्तै राजनीतिक गर्ने मजदुरले मंचमा भाषण गरिरहँदा घोराही बैंक रोडमा रिक्सा तानिरहेका मजदुर महमद मनसुरी ( ६५ ) गम्छाले पसिना पुछ्दै भने – “हम नै जान्दा “। यस्तै बगरका ढुङ्गा मै रगत पसिना बगाउने ६ बर्षिया अबोध बालिका बिमलालाई झनै के थाहा कुन चराको नाम हो मजदुर दिवस ? यी त भए प्रतिनिधि पात्र मात्र । विभिन्न स्थानमा मजदुरका हकहितका लागि नेताहरुले चर्को भाषण गरिरहँदा मजदुरहरु पसिना बगाउन बाध्य थिए।

काम नगरे घरको भान्छामा आगो नबल्ने उनीहरुलाई यो दिवसले छोएन। वर्षमा एक दिन आउने मजदुर दिवसका बारेमा बास्तबिक मजदुर सबै अनविज्ञ नै थिए।

फोटो फिचर

majadur 8

majadur 1

majadur 4

majadur 2

majadur3

bal majadur 5

majadur6

majadur7