बैसाख ११, दाङ । यस वर्षको लिटिल मिस दाङको उपाधी विजेता आयुष्मा खड्काले घोराहीको तेरौटेस्थि वृद्धाश्रममा फलफूल वितरण गरेर सामाजिक कार्यमा अग्रसर भएकी छिन् । वुवाआमासहित वृद्धाश्रम पुगेकी आयुष्माले त्यहाँ रहेका सबै वृद्धवृद्धाहरुलाई फलफूल प्रदान गरेकी थिइन् ।

received_1828074820576233

‘जेष्ठ नागरिकहरुको सेवा गर्न पाएकोमा आज मलाई निकै खुशी लागेको छ ।’ आयुष्माले भनिन् ‘अब म नियमितरुपमा उहाँहरुको सेवामा लाग्नेछु ।’

घोराही १५ शान्तिनगर टोल निवासी प्रकाश खड्का र आशा बस्नेत खड्काकी कान्छी छोरी आयुष्मा जनज्योति विद्या मन्दिरमा कक्षा ६ मा पढ्छिन् । बैसाख २ गते उत्सर्ग फिल्मस् नेपाल र रोयल ब्यूटी एकेडमीले आयोजना गरेको लिटिल मिस दाङकोे फाइनल राउण्डमा १२ प्रतिष्पर्धीहरुलाई उछिनेर उनले ताज लिटिल मिसको ताज पहिरिएकी थिइन् । पढाई र नृत्यमा अब्बल आयुष्मा समाजसेवामा निकै रुची राख्छिन् ।