इन्द्रेणी संवाददाता
दाङ, २७ चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दाङ आउने भएका छन् । आउदो बुधवार मृतक खुमबहादुर खड्काको १३ औं दिनका दिन आयोजना गरिने श्रद्धाञ्जली सभालाई सम्बोधन गर्न देउवा यहाँ आउन लागेका हुन् ।

deubaश्रद्धाञ्जली सभा सतबरियाको गाझेनामा हुने छ । सभामा महामन्त्री शंशाक कोइराला, शेखर कोइरालालगायतका नेताहरु पनि आउने कार्यक्रम रहेको छ । यसैबीच मृतक खुमबहादुर खड्काको अस्तु बबई नदिमा सेलाइएको छ । मंगलवार नेपाली कांग्रेस दाङले धर्ना धारापानीमा बबई नदिमा पुगेर अस्तु सेलाएको हो ।