एजेन्सी, १३ चैत । साइबेरियाको एक सपिङ सेन्टरमा भिसन आगलागी भएको छ ।
आगलागीमा परी ६४ जनाको ज्यानको ज्यान गएको छ । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले त्यसलाई ‘आपराधिक हेलचेक्र्याइँ’ को संज्ञा दिएका छन्। मारिनेमध्ये ४१ जना केटाकेटी थिए।
आइतबार आगलागी सुरु हुँदा अलार्म नबजेको र बाहिर निस्किने ढोकाहरु बन्द रहेको बताइएको छ। पुटिनले केमेरोवोस्थित घटनास्थल निरीक्षण गर्दै प्रश्न गरे, ‘यहाँ के भइरहेको छरु यो न लडाइँ हो, न अचानक खानी विस्फोट भएको हो।’
आइतबारबाटै छुट्टी सुरु भएकोले सो कम्प्लेक्समा केटाकेटी खेलिरहेका थिए। केमेरोवो मस्कोबाट ३ हजार ६ सय किलोमिटर पूर्वमा पर्छ।











