दाङ ९ चैत । जिल्ला समन्वय समितिले कार्यविधि बनाउने भएको छ । शुक्रवार जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतमा बसेको बैठकले जिल्ला समन्वय समितिको कार्यविधि बनाउनको लागि जिल्ला समन्वय समिति दाङका उपप्रमुख श्रीधर पौडेल शर्माको संयोजकत्वमा समिति गठन गरेको हो ।
समितिको सदस्यमा जिल्ला समन्वय समितिका सदस्यहरु तिला बुढा, लोकी विक, सावित्रा रिजाल र जिल्ला समन्वय समितिका योजना अधिकृत वासुदेव आचार्य छन् । समितिले तत्तकाल जिल्ला समन्वय समितिको कार्यविधि बनाउने र त्यसलाई आगामी जिल्ला सभावाट पास गराएर कार्यान्वयन गर्ने भएको छ । त्यसैगरेर बैठकले अनुगमनको कार्यलाई प्रभावकारी बनाउने समेत निर्णय गरेको छ । संविधानले नै जिल्ला समन्वय समितिलाई अनुगमन र समन्वयको अधिकार दिएको छ ।
त्यो अनरुप जिल्ला समन्वय समितिले जिल्लामा अनुगमन गर्दै आएको छ । त्यसैगरेर बैठकले जिल्लामा समुचित र सन्तुलित विकासका लागि गठन गरिएको दाङ विकास सल्लाहकार परिषदको कार्यविधि पास गरेको छ । परिषदमा राख्ने विज्ञेहरुको नाम आउदो बैठकमा छनौट गर्ने बैठकले निर्णय गरेको छ । त्यसैगरेर बैठकले जिल्लाका गैरसरकारी संस्थासँग चैत मसान्तसम्म छलफल गर्ने निर्णय गरेको छ ।
त्यसै गरेर बैठकले जिल्लामा पुर्ण सरसफाई अभियानलाई प्रभावकारी बनाउने र मापदपदार्थको अनियन्त्रित सेवनले समाज र मावन स्वास्थ्यलाई असर गरेको भन्दै व्यवस्थित बनाउनको लागि सरोकारवालासँग समन्वय गरेर जाने निर्णय गरेको छ । बैठक जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो ।











