सल्यान, २१ फागुन । सल्यान कपुरकोटदेखि धनवाङ, गाँडा हँदै फालावाङ जोड्ने मोटरबाटो स्तर उन्नतिका लागि बजार क्षेत्रमा पर्ने घरहरु भत्काउनुपर्ने भएको छ । घर भत्काउनका लागि सम्बन्धित घरधनीलाई १५ दिनको समय दिइएको छ ।

IMG_20180305_124953सोमबार कपुरकोट गाउँपालिकामा सरोकारवालाहरुसंग भएको बैठकमा कपुरकोट–धनवाङ–गाँडापानी–फालावाङ मोटरबाटो निर्माण उपभोक्ता समितीले घरधनीहरुलाई १५ दिनभित्र घर भत्काउन समय दिएको हो ।

सोमबार नै गाउँपालिकाको प्राविधिक टोलीले गाउँपालिकाको मापदण्ड अनुसार सडक स्तरउन्नती गर्नलाई कपुरकोट बजारमा पर्ने घरको नाप जाँच गरी घर भत्काउन रातो चिन्ह पनि लगाएको निर्माण उपभोक्ता समितीका अध्यक्ष मित्रलाल कठायतले बताए ।

मापदण्ड अनुसार ६ मिटर ७५ सेन्टिमिटर चौडाइको सडक निर्माण गर्नु पर्ने छ । त्यसमा बजार क्षेत्रको १५० मिटर सडकमा पक्की आरसीसी गरी १ मिटरको नाला निर्माण हुने छ ।