डोटी, २० फागुन । जिल्ला अस्पतालका डाक्र जितेन्द्र सिंहमाथि कुटपिट भएको विरोधमा सरकारी डाक्टरहरुले १४ दिनदेखि जिल्ला अस्पताल डोटीलगायतका स्वास्थ्य संस्था ठप्प पारेका छन् ।

hospitalफागुन ६ गते जिल्ला अस्पताल डोटीमा कार्यरत डा. जितेन्द्र सिंहमाथि कुटपीट गरेको विरोधमा अस्पतालका मेडिकल सुपरिटेन्डेनसहित डाक्टरहरुले दोषीलाई कारवाही नभएसम्म काम गर्ने वातावरण नभएको भन्दै जिल्ला छाडेका थिए । अस्पतालमा डाक्टर नै नभएपछि डोटीमा उपचार सेवा १४ दिनदेखि ठप्प छ भने सर्वसाधारणहरुले दुःख झेल्नुपर्ने वाध्यता छ ।

जिल्लातहमा सर्वपक्षिय बैठकले काममा फर्कन डाक्टरहरुसँग अनुरोध गरे पनि उनीहरु फर्कन मानेका छैनन् । स्थानीय प्रशासनले दोषीलाई हिरासतमा लिएर मुद्दाको अनुसन्धान समेत थालेको छ । तर जिल्लाका डाक्टरहरुलाई सरकारी चिकित्सक संघले असुरक्षाको कारण देखाउँदै जिल्ला छाडेर काठमाडौं आउन निर्देशन दिएपछि उनीहरु स्वास्थ्य मन्त्रालयले एक महिनाको काज दिएर मन्त्रालयमै हाजिरी गराइरहेका छन् ।