सन्तोष अधिकारी
दाङ, २९ माघ । आउदै गरेको महाशिवरात्री पर्वमा धारापानीमा लाग्ने मेलामा चल्ने सवारी साधनको भाडादरमा एकरुपता ल्याउने सहमती भएको छ । मेलालाई व्यवस्थीतगर्न मन्दीर व्यवस्थापन समितिले आईतवार धारापानीमा आयोजना गरेको सरोकारवालाहरुको बैठकले यस्तो सहमती गरेको हो । छलफल कार्यक्रममा सहभागी सरोकारवाला निकायहरुले निर्णय कार्यान्वयनमा कडाईगर्ने प्रतिवद्धता ब्यक्त गरेकाछन् ।

dharapani-mandir

विश्वकै अग्लो त्रिशुल भएको ठाँउ भनेर पनि चिनिने पाण्डवेश्व्र महादेव मन्दिरमा हरेक वर्ष शिवरात्रीको दिन मेला लाग्ने गर्दछ । यस वर्ष फागुन १ र २ गते धारापानी मन्दीरमा लाग्ने मेला अवधिभर चल्ने सवारी साधनले एकै प्रकारको भाडादर लिने सहमती गरेकाहुन् । ट्रयाम्पो तथा ईलेक्ट्रक रीक्साले घोराही वजार क्षेत्रदेखी मन्दीर सम्म प्रतिव्यक्ति एक सय रुपैया भाडा लिने सहमती भएको छ भने बस तथा ट्रयाक्सीले ५० रुपैया सम्म लिने सहमती भएको छ ।

आईतवार भएको छलफलमा राप्ति सार्वजनीक वस व्यवसायी समितिका मानबहादुर राना, लालीगुँरास टेम्पो तथा ई रीक्सा समिति, बराहदेव टेम्पो तथा ई रीक्सा समिति लागाएतका व्यवसायीहरुको सहभागिता रहेको थियो । मन्दीरमा आउने भक्तजनहरुवाट भाडा सम्वन्धमा गुनासो आएमा कार्वाही समेत गर्न समितिहरु तयार भएकाछन् । मेलालाई व्यवस्थीत गर्न धारापानी जाने र आउने वाटोमा ट्राफीक जामहुने हुँदा त्यसलाई व्यवस्थापन गर्न वन वे वाटो सञ्चालनमा ल्याउनगरी रुट तय गरीएको जिल्ला ट्राफीक प्रहरी प्रमुख ओम प्रकाश वाग्लेले जानकारी दिए । पत्राचार गरेरपनि छलफलमा उपस्थीत नभएका यातायात समितिहरुलाई पनि सोही भाडादर कायम गर्नुहुन मन्दीर व्यवस्थापन समितिले अनुरोध समेत गरेको छ ।

मेलाको दिन सवारी साधन पार्किङको लागि मन्दीर व्यवस्थापन समितिले निश्चित स्थान तोकिदिएकोले सोही स्थानमा पार्किङ गर्नुपर्ने र शुल्क पनि समितिकै नियमानुसार लिईने मन्दीर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले बताए । धारापानी एउटा धार्मिक पर्यटकिय क्षेत्र भएकोले त्यसको संरक्षण तथा प्रर्वद्धनमा सहयोग गर्नुहुन सवैमा अनुरोध छ आचार्यले भने ।

मन्दीर व्यवस्थापन समितिका अध्यक्ष गणेश अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा संजय आचार्य, नारायण तर्ताल लगाएतले मन्दीर सवैको साझा सम्पत्ती भएकोले यसको सम्वद्र्धनमा सवै मिलेर लाग्नुपर्ने बताएका थिए ।