गोविन्द खड्का
घोराही, २३ माघ । रंगरोगन गरेर चिटिक्क परेको भवनमा खेलकुद र नाचगानको मनोरन्जन थियो । बाहिरी गेट बन्द गरेपनि नेपाल टेलिकम दुर सन्चार कार्यालय घोराहीको परिसर भित्र भने भोज चलेको थियो । बर्षमा एक दिन सबै तहका कर्मचारी संगै बसेर सुख दुःख साट्ने अबसर मिलेको नरेश विष्टले जानकारी दिए ।

nepal telicom newsकर्मचारीहरुलाई मात्रै सुविधा दिएको छैन । नेपाल टेलिकमले माघ २३ देखि फागुन आठ गते सम्म ग्राहकलाई पनि विभिन्न अफर दिएको छ । मोवाईलको म्यासेज बक्समा गई युएनएल टाईप गरी १४१५ मा म्यासेज पठाएपछि ५० रुपैया“मा अनलिमिटेड डाटा २४ घण्टा चलाउन पाईने घोषणाा गरेको छ । त्यही समयमा नाइटटाईम १५ रुपैयामा दिने भएको छ । त्यसका लागि भने एनयुएनएल टाईप गरी १४१५ मा म्यासेज पठाउनु पर्ने टेलिकमले जनाएको छ ।

यसैगरी अनलिमिटेड नाईट भ्वाईस अफर पनि माघ २३ देखि फागुन ८ गतेसम्म लागु गर्ने भएको छ । राति १० बजे देखि बिहान ६ बजे सम्म लागुहुने अफरको भ्यालीडिटि तिन दिन हुने बताएको छ । त्यसका लागि यूएनभिओआईसिई टाईप गरी १४१५ मा पठाउनुपर्ने छ । त्यसो गरे ३५ रुपैयामा अनलिमिटेड नाईट भ्वाईस अफर ग्रँहकले पाउने व्यवस्था छ । त्यसैगरी टेलिकमले माघ २३ देखि २९ सम्म ५०, एक सय र दुई सयको रिचार्जमा दश प्रतिशत बोनस दिने व्यवस्था गरेकोे जनाएको छ । पा“च सय र एक हजारको रिचार्जमा १५ प्रतिशत बोनस दिन लागेको घोराहीका प्रमुख शन्तोष शर्माले जानकारी दिए । उनका अनुसार पिएसटिएनमा फागुन महिना भरका लागि २५ कल थप सुविधा दिने टेलिकमले घोषणा गरेको छ ।

घैटो फोर खेल खेलेर कर्मचारीहरुले मनोरन्जन गरेका थिए । टेलिकम सहायक शुशिला शर्माले घैटोफोरमा पुरस्कार जितेका थिए । त्यसैगरी गमला सहित कार्यालय परिसरमा १४ वटा फुल रोपेर स्थापना दिवसलाई औपचारीकता दिइएको थियो । गत बर्ष कार्यलयको स्तर कटौति भई कर्मचारी घटेको र अधिकार तुलसीपुर सरेकाले भब्य उत्सवका रुपमा मनाउन नसकिएको जनाएको छ ।

यस अघिको घोराहीको आर्थिक अधिकार तुलसीपुरमा सरेको छ । पुरानो फोनको धरौटि फीर्ता गर्ने, नया“ फोन लाईन विस्तार गर्ने लगाएत कुनै पनि अधिकार घोराहीमा छैन । नारायणपुर देखि प्युठान सम्मको पैसा जम्मा गर्ने र पठाउने मात्रै गर्छ । सेवा दिन तुलसीपुर बाट अनुमति ल्याउनुपर्छ । खरीद गर्ने देखि सबै काम तुलसीपुरले गर्छ ।

यस क्षेत्रमा भरतपुर दुई, सवारी कोट र सैघामा थ्रिजीका टावर निर्माणाधिन रहेको प्रमुख शर्माले जानकारी दिए । केही दिनमै टावरहरु सञ्चालनमा आउने र घोराही १९ का वासिन्दाले पनि थ्री जि सेवा पाउने छन् । यसैगरी छिल्लीकोट, अमेलिया, गुरुङखोला र राजपुरमा पनि टावर अन्तिम अबस्थामा पुगेको शर्माले बताए ।

उनका अनुसार दाङमा ५६ वटा टावर स्थापना भएका छन् । प्युठानमा २० वटा टावर निर्माण भई सन्चालनमा आएका छन् । इन्जिनियर समेत रहेका शर्मा आवश्यकता र सम्भाव्यता अध्यन गरी प्रकृया अघि बढाउने गर्नुभएको छ । आवश्यक स्थानको सर्भे भइसकेको जानकारी दिए ।
यसैगरी टेलिकमले फोरजी र एफटिटिएच सेवा पनि तत्काल शुरु गर्ने जनाएको छ ।

अहिले १८ सय मेघाहर्जमा चलिरहेको छ त्यसै बाट फोरजि र एफटिटिएच सेवा दिन सकिने भएकाले ढिला नहुने बताईएको छ । टुजि, थ्रिजी हुदै फोर जि जडान गर्ने टावर बनेका छन् । ‘अबको चार पा“च महिनामा दुवै सेवा सुरु हुन्छ’ प्रमुख शर्माले भने, ‘फोरजी संग दुईटै सेवा एकैचोटि गर्नलाई फाईवर टु दि होम सेवा रोकेका छौ । नेटवर्किङ मात्रै बा“कि छ ।’ उहाका अनुसार फाईवर जडान भैसकेको छ । दिपशिखा र शहिद मार्ग आसपास का ग्राहकले छिटो सेवा पाउने छन् । दु्रत गतिमा चल्ने ईन्टर नेटसेवा एक हजारमा एक महिना अनलिमिटेड चल्ने छ ।
यसैगरी कियोसकस मेसिन पनि उत्तीकै लाभदायक भएको टेलिकमले जनाएको छ । एउटा मेशिन कार्यालयमै राखिएको छ ।