जनकपुरधाम, २३ माघ । प्रदेश नं. २ को पहिलो प्रदेशसभा बैठकमा मधेसवादी दलका नेताहरूले आफ्नो मातृभाषा छाडेर हिन्दीमा भाषण गरेको भन्दै विरोधमा युवाहरूले सांसदहरूको पुतला जलाएका छन् ।

innndआज जनकपुरको जानकी चोकमा ‘परिवर्तनका लागि युवा अभियान’का अध्यक्ष बिट्टु पञ्जियारको अध्यक्षता र रोशन यादवको अगुवाईमा सङ्घीय समाजवादी फोरम र राजपा नेपालका प्रदेशसभा सांसदहरूको पुतला जलाइएको हो ।

विरोधमा युवाहरूले केहीबेर नाराजुलुस गर्दै ‘मातृभाषाको प्रयोग र अन्तर्राष्टिय भाषाको सम्मान गर’ भन्ने नारा समेत लगाएका थिए ।