संजय कुशवा
नवलपरासी २२ माघ । नवलपरासीमा आस्थाको मेला मदार बाबा मेला आज बाट शुरु भएको छ। नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम ०सुस्ता गाऊपालिका वडा नं ।२ महलबारीमा अवस्थित मुस्लिम तथा हिन्दु समुदायको आस्थाको केन्द्र रहेको मदार बाबा मेला नेपालकै पहिलो र पुरानो ऐतिहासिक मेला मानिन्छ ।यसै कारण पनि सयौं वर्ष देखि लाग्दै आएको मदारबाबा धार्मिक स्थलको रूपमा देश विदेशमा परिचित छ । यो मेला बदिउदिन जिन्दा शाह बाबाको ६०१ अौ मेला हो ।

मेलामा भक्तजनहरूलाई सरल,सुलभ र भब्य बनाउनको लागि मेलामा करिब एक सय सुरक्षा कर्मी परिचालन गरिएको साथै करिब सय जना स्वयंसेवक ,दुई ठाउँमा स्वास्थ्य शिविर ,बिस वटा सार्वजनिक शौचालय ,नया बाटो निर्माण, लगाएत आउने भक्तजनहरूलाई विभिन्न किसीमको ब्यवस्था ब्यवस्थान गरिएको मेला ब्यवस्थापन समितिका अध्यक्ष निजामुद्दिन अन्सारीले बताउनु भयो। महलवारी बाजार देखी बाबाको मुख्य मजार सम्म पुग्नको लागी करिब ९ किलोमिटर डाडाँ पहाडमा अवस्थित रहेको हुदा पैदल यात्रा गरी बाबाको मुख्य स्थल सम्म निकै पुग्ने गर्दछन ।
मेलामा मुस्लिम र हिन्दु धर्मावलम्बीहरूको संयक्त सहभागिता रहने गर्दछ। बाबाको मजार सम्म पुगेपछी घरपरिवारमा शान्ति आउनुको साथै हरेक मनोकामना पूरा हुन्छ भन्ने जनविश्वास समेत गरिएको छ। मेलामा नेपाल लगायत भारतको विभिन्न ठाउहरूबाट करिब १० लाख भन्दा बढी भक्तजनहरू आउने कुतबुल मदार शाह दरगाह कमेटीले जनाएको छ। सो मेला स्थानमा हरेक वर्ष शिवरात्रिको नौ दिन अघि देखि मेला लाग्ने गरेको छ ।मेला शिवरात्रिमा सामापन हुने गरेको छ ।यश वर्ष माघ २२ गते देखि संचालन भएको मेला फागुन ०१ गते सकिदै छ ।











