उदय बीसी
दाङ, ९ माघ । दाङका विभिन्न ३१ वटा सिंचाइँ आयोजनामा रु. ३१ करोडभन्दा वढी लगानी भएको छ । सामुदायिक सिंचाइँ आयोजनाअन्तर्गत जिल्लाका विभिन्न साविक १२ गाविसका ती योजनाहरुमा रु. ३१ करोड ३२ लाख ४४ हजार ४ सय रुपैयाँ लगानी गरिएको हो ।

erigatinलगानी भएको ३१ सिंचाइँ आयोजनाबाट त्यस क्षेत्रको २ हजार ८ सय ३० हेक्टर जमिनमा सिंचाइँ सुविधा पुगेको सामुदायिक सिंचाइँ आयोजना दाङका इञ्जिनियर लक्ष्मी सैजुले जानकारी दिए । उनका अनुसार सामुदायिक सिंचाइँ आयोजनाले जिल्लाको आद्यन्न वालीमा १५ प्रतिशत र तरकारी खेतीमा ८ प्रतिशत उत्पादन वढाउने लक्ष्यका साथ लगानी गरिएको हो ।

आयोजनाअन्तर्गत लिप्टबाट पानी तानेर सिंचाइका ५ योजना र २६ वटा कुला निर्माण तथा वाध निर्माणका योजना रहेका छन् । सिंचाइँ सुविधा पुगेपछि ५ हजार ९ सय ५ घर धुरीले सिंचाइँको उपभोग गरिरहेको आयोजनाका कृषि प्राविधिक सिजन पोख्रेलले जानकारी दिए