महोत्तरी, ९ माघ । मोहतरीको रामगोपालपुर नगरपालिका–८ थलीबिर्तामा ट्याक्टर दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । यो दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा ज्यान गुमाउनेहरुमा रामगोपालपुर नगरपालिका–७ बस्ने ४० वर्षीय सत्येन्द्र साह, १८ वर्षीय रामबाबु मण्डल, ४५ वर्षीया सावित्रीदेवी मण्डल रहेका छन् । अर्का एकजनाको भने नाम खुल्न नसकेको छैन ।
धनुषाको जनकपुर धामबाट रामगोपाल फर्कँदै गरेको द्रुत गतिमार रहेको ज १ च ३५१६ नम्बरको ट्याक्टर बाक्लो हुस्सुका कारण सोमबार राति सवा ९ बजे बर्दिबास–औरही–जलेश्वर सडकखण्डबाट गहुँबारीमा पल्टिँएको थियो ।