इन्द्रेणी संवाददाता
दाङ, २ माघ । सरकारले प्रदेश नम्बर पाँचको अस्थायी मुकाम लुम्विनी क्षेत्रमा तोक्ने तयारी गरेपछि दाङलाई नै अस्थायी मुकाम तोक्नुपर्ने माग गर्दै यहाँका जनताहरु आन्दोलित भएका छन् ।

andolanउनीहरुले दाङलाई नै प्रदेश नम्बर पाँको राजधानीको अस्थायी मुकाम तोक्नुपर्ने दावी गरेका छन् । दाङ राजधानीका लागि उपयुक्त भएको भन्दै उनीहरुले सरकारलाई दवाव दिन आन्दोलित भएका हुन् ।