Sher Bahadur Deuba Photo: Dinesh Gole/Nagarik/Republica

इन्द्रेणी संवाददाता
कैलाली, ३० पुस । सत्ता लम्व्याइ रहेको आलोचना खेपी रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठवन्धनले प्रधानमन्त्रीको टुंगो लगाएमा आफू पद छोड्न तयार रहेको बताएका छन् ।

Sher Bahadur Deuba  Photo: Dinesh Gole/Nagarik/Republica
आइतबार कैलालीको गोदावरीमा १२ राशी मकर मेलाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सहमति गरेर प्रधानमन्त्री तोक्न नसकेकोले आफूले देशलाई नेतृत्वविहीन बनाउन नचाहेको बताए ।

वाम गठबन्धनले प्रधानमन्त्रीको चयन गर्न नसक्ने र आफूलाई पद नछोडेको आरोप लगाउनु गलत भएको समेत देउवाले बताए ।
प्रधानमन्त्री देउवाले अहिलेका लागि प्रदेश प्रमुख र अस्थायी राजधानी प्रदेशसभाका लागि तोक्ने र त्यसपछि प्रदेशसभाको बैठकले राजधानी फेरबदल गर्ने बताए ।