इन्द्रेणी संवाददाता
दाङ,३० पुस । झण्डै ८ बर्षदेखि स्थानिय तहमा कार्यरत सामाजिक परिचालकहरुले आफ्नो पेशागत सुरक्षाको माग गर्दै सरकार समक्ष ध्यानकर्षण पत्र बुझाएका छन । सामाजिक परिचालक हकहित संरक्षण केन्द्र नेपालको निर्देशन अनुसार दाङ लगायत देशभरका जिल्ला प्रशासन र जिल्ला समन्वय समिति मार्फत आफ्नो पेशागत माग समेटिएको ध्यानाकर्षण पत्र बुझाइएको हो ।

feature0समितिका अध्यक्ष बिमल योगी र केन्द्रीय उपाध्यक्ष कमला चन्दको नेतृत्वमा पुगेको टोलीले २०६६ सालदेखिसामाजिक परिचालकको रुपमा काम गरिरहेका सामाजिक परिचालकलाई पुस १७ गते बिना कारण अवकास दिइएको भन्दै राज्य मन्त्रि स्तरमा गरिएको निर्णय खारेज गरी तत्काल सेवामा पुर्नस्थापित गर्न माग गरेका छन ।

स्थानिय तहमा ३६ हजार कर्मचारी आवश्यक भैरहेको अवस्थामा सवै काममा दक्षता हासिल गरेका सामाजिक परिचालकको योगदानलाई अवमुल्यन नगर्न आग्रह गरेका छन ।

ध्यानाकर्षण पत्र बुझ्दै जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सामाजिक परिचालकको माग जायज रहेको भन्दै सेवामा निरन्तरताका लागी पहल गर्ने प्रतिवद्धता जनाए । उनले बिगतमा जनप्रतिनिधि नभएको अवस्थामा महत्वपूर्ण भुमिका खेलेका सामाजिक परिचालकलाई आवश्यक प्रक्रिया पू¥याएर काममा निरन्तरता दिन आवश्यक रहेको बताए ।

उपप्रमुख श्रीधर पौडेलले सामाजिक परिचालकको समस्याका बिषयमा स्थानिय तहका प्रमुखहरुसंग छलफल गरिने भन्दै निरन्तर संम्पर्कमा रहन सुझाव दिए । यस्तै ध्यानाकर्षण पत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद आचार्यले निकै कम पारिश्रमिकमा काम गरेका अनुभवी सामाजिक परिचालकको माग सकारात्मक रहेको भन्दै तत्काल सम्वन्धि निकायमा पठाउने बताए ।