खोटाङ, ८ पुस । खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २७ वर्षीय जीवन श्रेष्ठको ढुंगा खानीमा पुरिएर ज्यान गएको छ ।

Untitled-1 copyमध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखेवा सडकको माथि रहेको ढुंगा खानीबाट ढुंगा निकालिरहेको अवस्थामा ढुंगामाटोले पुरिएर गम्भीर घाइते श्रेष्ठको उपचारका क्रममा ज्यान गएको हो । उनलाई उद्धार गरेर अस्पताल पुर्‍याइएको भएपनि उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।