भैरहवा। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले–माओवादी केन्द्रवीच हुने भनिएको पार्टी एकता छिट्टै हुने भन्दै बिरोध गर्नेहरु एकताबाट छुट्ने बताएका छन् ।

Prachanda-dahalअध्यक्ष प्रचण्ड र चक्रपाणि खनालको सम्मानमा माओवादी केन्द्र रुपन्देहीले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या नभएको बताए । कसैले त्यसको विरोध गरे एकताबाट छुट्ने चेतावनी समेत दिए । ‘एक–दुई जनाले विरोध गरेर पार्टी एकता रोकिँदैन। शीर्ष नेताबीच पार्टी एकतामा कुनै समस्या छैन।’ प्रचण्डले भने, ’कसैले त्यसको विरोध गर्छन् भने ती छुट्छन्। तर, विकास, समृद्धि र समाजवादको रेल अघि बढ्छ’ ।

एमाले–माओवादीमा एकता मन नपराउने एकाध मान्छे हुन सक्ने भन्दै धेरै नेता–कार्यकर्ता एकताप्रति इमान्दार रहेको बताए । एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्न समेत कार्यकर्तालाई उनले सुझाव दिए । खबरडबलीबाट