सिरहा ७ कार्तिक । सिरहाको अर्नमा गाउँपालिका-१ महनौर बुढियाचापमा आफ्नै ससुराको कुटाइबाट बुहारी शोभा महरा गम्भीर घाइते भएकी छन् । गत असोज ३१ गते श्रीमानसँग सामान्य बिबाद हुँदा ससुरा रामसेबक महराले छोरा अजय महराकै अगाडि महरालाई मरणासन्न हुने गरी कुटपिट गरेका हुन् ।

ससुरोको कुटाइबाट शोभाको टाउको,अनुहार, आँखा, टाउको लगायत शरीरको विभिन्न भागमा गहिरो चोट लागेको छ । ससुराको कुटपिटबाट वेहोस अवस्थामा रहेकी महरालाई गोलबजार प्रहरीले उद्दार गरेको थियो । अहिले माइति पक्षको निगरानिमा उनको मिर्चैयामा उपचार भइरहेको छ । उनको डेढ वर्षीय एक छोरा छन् ।
ससुराले आफुलाई मरणसन्न हुने गरी कुटपिट गर्दै गर्दा श्रीमानले टुलुटुलु हेरिरहेको र आफु बेहोस हुँदा पनि उपचारका लागि कुनै मतलव नगरेकाले आफ्ना श्रीमानको पनि मिलेमतो रहेको पीडित महराको दावी छ ।
बैदेशिक रोजगारीमा रहेका शोभाका श्रीमान् एक महिना अगाडि मात्र घर आएका हुन् । श्रीमान् विदेशमा हुँदा ससुराले शारीरिक सम्पर्क राख्न दवाव दिने गरेको र नमान्दा कुटपिट गर्ने गरेको उनले प्रहरीलाई बयान दिएकी छन् ।
यता इलाका प्रहरी कार्यलय गोल बजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायले पीडितको जाहेरी नआउदा उनीहरु दैनिक तारिकमा छुटेकोे बताए । अनलाइनखबरबाट











