तुलसीपुर, ७ कार्तिक । तुलसीपुरलाई स्वच्छ र हराभरा नगरका रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको हाम्रो तुलसीपुर राम्रो तुलसीपुरको ६२ औ श्रृखलामा तुलसीपुरको मुख्य वजार सरसफाई गरिने भएको छ ।

तुलसीपुर उपमहानगरपालिकाको संयोजन र तुलसीपुर उद्योग वाणिज्य संघको सहयोगमा सञ्चालन भइरहेको सरसफाई अभियानले आम नागरिकमा सरसफाई प्रति सचेतना अभिवृद्धि गरेको मेयर घनश्याम पाण्डेले वताउनु भएको छ ।

उहँँले सरसफाई प्रति सचेतना अभिवृद्धिका लागि उपमहानगरले अभियानलाई निरन्तरता दिएको पनि वताउनु भएको छ । तुलसीपुरको विरेन्द्र चोकबाट सुरु हुने अभियानमा सहभागिताका लागि मेयर पाण्डेले सवैमा आग्रह पनि गर्नुभएको छ ।