दाङ, २९ साउन । नेकपा एमाले दाङले शुक्रबार रातीदेखि परेको अविरल बर्षात्ले पु¥याएको क्षतिप्रति दुःख ब्यक्त गरेको छ । नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले शनिबार एक विज्ञप्ती जारी गरी बर्षाद र बाढीले पुराएको क्षतिप्रति दुःख ब्यक्त गर्नुभएको हो ।

शुक्रबार राती देखि परेको बर्षाद पछि आएको बाढीमा परेर दाङ जिल्लामा दुई जनाको ज्यान गएको, सयौं घर डुवानमा परेको र हजारौं प्रभावित भएको भन्दै प्रभावितहरुको उद्दार र राहत प्रदान गर्न सरकारसंग माग गनुभएको छ ।

बाढीमा परी ज्यान गुमाउने गुमाउनुहुने तुलसीपुर उपमहानगरपालिकाका भगवती सुनार र नरबहादुर रावतप्रति हार्दिक श्रद्धाञ्जली र परिवारप्रति समबेदना प्रकट गर्दै एमाले दाङका अध्यक्ष खड्काले उद्दार कार्यमा खट्नका लागि सम्पूर्ण नेता कार्यकर्ता र आम जन समुदायलाई आग्रह गर्नुभएको छ । दुःखको बेलामा धैर्य राख्न अनुरोध गर्दै समयमै राहत प्रदान गर्ने कुरामा ध्यान दिन स्थानीय प्रशासनसंग माग गर्नुभएको छ ।