रामेछाप, १७ साउन । रामेछापको मन्थली नगरपालिका वडा नं. ७ भटौलीको बोडारेमा ट्रिपर दुर्घटना हुदा दुई जना गम्भिर घाइते भएका छन् । बा २ क ६१९ नम्बरको ट्रिपर सदरमुकाम मन्थलीदेखि भटौली जाँदै गर्दा सडकबाट करिब ३०० मिटर तल तामाकोसी किनारमा खस्दा उक्त घटना भएको हो ।
घाइते हुनेहरुमा दोरम्बा गाउपालिका वडा नं. ७ का ट्रिपर चालक तुलबहादुर तामाङ र खाडादेवी गाउपालिका वडा नं. ४ का विष्णुमाया माझी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
घाइते दुवै जनाको तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रिपरका सहचालक सकुसल रहेको छ भने ब्रेक फेल भएर दुर्घटना भएको सहचालकको भनाइ छ ।











