संजय कुशवाहा
नवलपरासी १३ साउन । नवलपरासीमा नागपष्चमी तथा जनै पुर्णीमाको अवसरमा सुस्ता गाउँपालिका वडा नं.७ सुस्तामा खुल्ला कपर्दी प्रतियोगीता आजबाट शुरु भएको छ । स्वास्थ्यको लागी खेल तथा राष्ट्रको लागी खेल भन्ने नारा सहित गोपी कृष्ण युवा क्लब सुस्ताको आयोजनामा आयोजीत कपर्दी प्रतियोगीताको उदघाटन दिपक उच्च मा.बिका बयवस्थान समिति अध्यक्ष ओम प्रकाश जायसवालले गर्नु भएको थियो ।

20170728180439उद्घाटन कार्यक्रममा वडा नं.५ का गाउँपालिका सदस्य आदम खान,ओम प्रकाश चौधरी,धर्मेन्द्र जायसवाल,जय प्रकाश चौधरी,जोधा केवट,मिर अस्लम मियाँ,बिजय कुमार शाह,औरंगजेब खान,जय नारायण कानुलगायतहरुको सहभागिता रहेको थियो । कपर्दी प्रतियोगीतामा गाउँपालिका भरीका करिब १४ टिमको सहभागिता रहेको छ । प्रथम बिजेता टिमलाई ११ हजार नगद सहित शिल्ड र मेडल तथा उपबिजेतालाई ५१ सय नगद सहित शिल्ड र मेडल प्रदान गरिने आयोजकले जानकारी दिएको छ!