दाङ २३ असार । दाङमा जिल्ला समन्वय समिति गठन र स्थानीय तहका कार्यपालिका गठनमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएको छ ।
जसअनुसार जिल्ला समन्वय समितिको प्रमुख एमालेले पाउने छ भने उपप्रमुख माओवादीले पाउने छन् । ७ सदस्य रहने यो समितिमा चार जना एमाले र तीन जना माओवादीले पाउने भएको छ ।
सहमति अनुसार गढवा गाउँपालिकामा दलित वा अल्पसंख्याबाट दुबै पार्टीले एक एक, निर्वाचित महिलाबाट दुई दुई र न्यायिक समितिमा दुबै पार्टीबाट एक एक जना रहने छन् ।
त्यस्तै राजपुर गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट एक जना, बंगलाचुलीमा न्यायिक समितिमा एक एक जना र तुलसीपुर उपमहानगरपालिकामा दलित वा अल्पसंख्यकबाट माओवादीलाई एक जना दिने सहमति भएको छ ।
त्यस्तै दंगीशरण गाउँपालिकामा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीबाट एक एक जना, निर्वाचित महिला सदस्यबाट दुई दुई जना र न्यायिक समितिमा एक एक जना राख्ने सहमति भएको नेकपा माओवादी दाङ जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो ।
शान्तिगरमा दलित वा अल्पसंख्यकबाट दुबै पार्टीका एक एक जना, निर्वाचित महिला सदस्यबाट दुई दुई जना र न्यायिम समितिमा एक एक जना राख्ने सहमति भएको छ । त्यस्तै बबइ गाउँपाकिलामा दलित वा अल्पसंख्यकबाट एक जना माओवादी केन्द्रलाई दिने सहमति भएको छ ।











