इन्द्रेणी संवाददाता
रोल्पा १४ असार । रोल्पाको धवाङमा स्थानिय तह दोश्रो चरणको निर्वाचनमा मतपेटिका जलेकोछ । धवाङ जनता आधारभूत विद्यालय मतदान केन्द्रमा मतदानको क्रममा अज्ञात समूहले मतपेटिका जलाएका छन् ।
रोल्पा नगरपालिका १० को
मतदान केन्द्रमा झन्डै एक सय ५० वटा मत खसेपछि मतपेटिकामा आगो लागेको थियो । मतदान भइरहेका बेला मतपेटिकामा अज्ञात व्यक्तिले लगाएको आगोबाट करिब १५ वटा मतपत्र जलेको सुरक्षा स्रोतले बताएको छ । उक्त मतदान केन्द्रमा हाल मतदान प्रक्रिया बन्द गरिएको छ ।










