तुलसीपुर, ८ असार । दाङमा चुनावी प्रचार प्रसारमा प्रयोग भएका गाडीमाथि तोडफोड भएको छ । विभिन्न राजनैतिक दलका उमेदवारहरुले प्रचारप्रसारमा प्रयोग गरेका तीन वटा गाडीमा गएराति तोडफोड भएको दाङ प्रहरीले जनाएको छ ।

feature0राष्ट्रिय जनमोर्चा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ ले प्रचार प्रसारमा प्रयोग गरेको रा १ ज ५०५ नं. को जिप गएराति करिव ९ बजेतिर तोडफोड भएको हो ।

तुलसीपुर ७ प्रसेनीमा रोकी राखेको अवस्थामा मोटरसाइकलमा आएका दुईजना ब्यक्तिले तोडफोड गरेर भागेका थिए । त्यस्तै जनमुक्ति पार्टी तुलसीपुर नगर समितिले निर्वाचनको प्रचार प्रसारमा प्रयोग गरेको भे १ ज ५७८ नम्मरका गाडीमा पनि गएराती नै तोडफोड भएको छ । सो गाडी पनि प्रसनैमा रोकिराखेको समयमा तोडफोड भएको थियो ।

त्यस्तै नेकपा माओवादी केन्द्र शान्तीनगर गाउँपालिकाकाले प्रचार प्रसारमा प्रयोग गरेको लु १ ज १२६३ नं. को जीपमा पनि गएराती नै तोडफोड भएको छ । ममर्तकालागि तुलसीपुर बसपार्कमा ल्याइएको सो गाडीमा करिव १० बजेको समयमा तोडफोड भएको प्रहरीले जनाएको छ । आक्रमणबाट तीनवटै गाडीको सिसा पुटेको छ ।