काठमाडौँ, ९ जेठ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट राजीनामा दिने विषमया विभिन्न अड्कालबाजीहरु भइरहेका छन् । कसैले जेठ ४ गते कसैले ५–६ गते त कसैले ८ गते राजीनामा दिने अड्कल गरे तर ति सबै अडुकल, अडुकलमा मात्रै सिमति भए । तर अब भने प्रधानमन्त्रीले राजीनामा दिने दिन जरिसकेको छ । सोमवार बसेको पार्टी माओवादी केन्द्रको हेडक्वाटरको बैठकले राजिनामा दिने दिन जुराएको छ ।

prachanda-माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट जेठ १० गते राजिनामा दिने पार्टीले निर्णय नै गरेको केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी गराए ।

काँग्रेस पार्टीसँग भएको सहमतिअनुसार आफ्नो पार्टीले सरकारले नेतृत्व छाड्ने नै हो, तर कहिले छाड्ने विषयमा यसअघि विभिन्न अड्कालवाजीहरु भइरहेको थियो,’ उनले भने, ‘आज पार्टीले ठ्याकै समय नै तोकिसकेको छ, जेठ १० गते नै राजीनामा दिनुहुन्छ, तर त्यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्नुहुन्छ ।’

यसैबीच आज आर्थिक वर्ष २०७४ ७५ को वार्षिक बजेट पूर्वको ‘प्रिबजेट’ छलफल सुरु हुँदैछ । संसद् सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार सरकारका तर्फबाट अर्थमन्त्री कृष्णबहादुर महराले सुरुमा बजेटका प्राथमिकता प्रस्तुत गर्दै छन् । सरकारका तर्फबाट पेस भएका प्राथमिकतामा संसद्मा छलफल सुरु हुनेछ ।

सचिवालयले तयार पारेको कार्यतालिकाअनुसार एक दिनमात्र बजेटको प्राथमिकतामा छलफल हुनेछ । छलफलपछि सरकारले सोही प्राथमिकताका आधार बजेटको तयारी गर्नेछ । संवैधानिक प्रावधानअनुसार जेठ १५ गते सरकारले सदनमा बजेट पेस गर्नेछ ।
बिहीबार सदनमा सरकारका तर्फबाट राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेस गर्ने छन् । नीति तथा कार्यक्रममा पनि सदनमा जेठ ११ गतेको दोस्रो बैठकपछि दुई दिनसम्म छलफल हुनेछ ।