काठमाडौं – ‘रञ्जुलाई रातारात नायिका वनाउने र रेणुलाई एकहोरो लखेट्ने हरुको नियतमा वर्गीय पुर्वाग्रहको नमिठो गन्ध त छैन रु’ लेखक राधा पोखरेलले फेसबुकमा लेखेकी छन ‘के कुनै महिला कसैको छोरी, कसैको श्रीमती भएर मात्र चिनिनु पर्ने रु के कुनै महिलाको आफ्नै मौलिक परिचय हुन सक्दैन ? ’
राधाको फेसबुक स्टाटसमा भेटिएकी रेणु तिनै रेणु हुन जस्लाई शुक्रबार दिउँसोसम्म सामाजिक सञ्जालमा प्रधानमन्त्रीपुत्री भनेर मात्र लेखियो । भरतपुर महानगरपालिका प्रमुख पदकी उम्मेदवार रेणु दाहाललाई कतिपय सञ्चारमाध्यमले समेत प्रचण्डपुत्रीबाहेक अरु कुनै शब्दले लेखेनन् लेख्न चाहेनन् । देशको शक्तिशालि परीवारकी छोरी भएर पनि व्यक्तिगत रुपमा कुनै लाभको पद धारण गरेको सार्वजनिक रुपमा थाहा नभएकी एक निश्कलंक महिला उम्मेदवारको चुनावी प्रतिस्पर्धालाई उनी प्रधानमन्त्री पुत्री भएको कारणले उम्मेदवार हुनै नहुने र उम्मेदवार भईहालेपछि पराजित हुनै पर्ने मान्छेको रुपमा सामाजिक सञ्जाल एकोहोरो खनिए । सामाजिक सञ्जाल र अनलाईनहरुमा ‘एण्टीरेणु भाईरस’ नै फैलियो । लाग्थ्यो रेणु दाहाल बाहेक नेपालमा कुनै उम्मेदवारले चुनावी प्रतिस्पर्धा गरीरहेको छैन । तर शुक्रबारदेखि भने त्यो लहर पूरै बदलिएको छ ।
शुक्रबार दिउँसो २ बजेर ३८ मिनेटमा पत्रकार भरत पाण्डेयको फेसबुक वालमा एउटा स्टाटस देखियो जसमा लेखिएको थियो – ‘ रेणु दाहालले चाहेको भए सिधैँ सरकारी नियुक्ती खान सक्थिन्, श्रीमानलाई राजदुत बनाएर वा बनेर विदेशमा ऐश आरामको जीवन जीउन सक्थिन् । मतलब उनले चाहेको भए जहाँ पनि फिट हुन सक्थिन्, तर उनले त्यो चाहिनन् । सधैँ जनताबाटै परिक्षण हुन खोजीरहिन् चाहे काठमाडौं प्रत्यक्ष सभाषद लडेर होस् या चितवनमा महानगरको मेयरमा भिडेर । उनको जिवनशैली नजिकबाट नियाल्ने हो भने प्रचण्ड उनका बाबु हुन् भन्ने लाग्दैन मतलब त्यति सामान्य छ । आफ्नै बाबु २र२ पटक प्रधानमन्त्री भइसके तर उनी प्रचण्डको कुनै टिममा बसेर काम गरिनन् । अरु प्रधानमन्त्रीका छोराछोरीरभाईभतिजा र श्रीमतिले जस्तै पावर प्रयोग गरेको भए उनको पछि दौड्ने धेरै हुनेथिए पक्कैपनि, तर उनले त्यसो गरिनन् । यति हुदाँ हुदैँ पनि उनलाई खेदनुको कारण चाँही के हो रु के उनीसंग प्रचण्डको छोरी हुनु बाहेकको अरु कुनै परिचय छैन ?’
अर्को स्टाटसले फेरी तरंग ल्यायो – सोही दिन दिउँसो ३ बजेर ५१ मिनेटमा फेरी नागरीक दैनिकका राजनीतिक संवाददाता प्रकाश तिमल्सेनाले अर्को स्टाटस लेखे – ‘रेणुको ईज्जत गरौँ’ भनेर । त्यसमा पनि रेणु दाहाल प्रधानमन्त्री प्रचण्डकी छोरी मात्रै नभई सशस्त्र युद्धकाल देखी नै पार्टी नेतृत्वमा रहेर काम गरीरहेकी एक कुशल नेतृ भएको आज पनि टिका लगाएर नेता बन्न खोजेको नभई गत संविधानसभा निर्वाचनमा काठमाडौमा र अहिले भरतपुरमा प्रत्यक्ष चुनाव लडेर जनताबाट अनुमोदिन हुन खोजेकोले उनलाई अनुमोदिन हुन दिनुपर्ने भनाई छ । ‘बाबु प्रधानमन्त्री हुदाँ सजिलै जुनसुकै पद पनि पाउन सक्छिन, प्रचण्डले टिका लगाएर नेता बनाएका मुलुकमा धेरै छन ।’ तिमल्सिनाले लेखेका छन् ‘भलै, कसैलाई उनको पार्टीको बिचार र ब्यावहार, उनको बुवा, उनका भाई र आफान्त मन नपर्ला तर एउटा जनअनुमोदित हुन खोजिरहेकी रेणु माथी धेरै प्रहार गर्न जरुरी छैन । बरु, एउटा सभ्य समाज निमार्णका लागि पनि उनको जनअनुमोदित हुन खोज्ने साहसलाई सम्मान गर्नुपर्छ ।’
उनको यो स्टाटस पनि धेरै पत्रकार, राजनीतिक दल तथा बुद्धिजिविहरुले पढेर प्रतिकृया दिएका छन् । केही घण्टामै दर्जनौँ लाईक सेयर गरेको यो स्टाटसले पनि धेरै सर्वसाधारण र तटस्थहरुलाई आफ्नो विचार पोख्ने मेलो खुल्यो । रविन सायमी, अर्जुन पोखरेल, रामकृण अधिकारी, कृष्ण आचार्य, खगेन्द्र गिरी लगायत दर्जनौ पत्रकारहरुले उक्त स्टाटसमा सहमति जनाउँदै लेखे ।
सामाजिक सञ्जालमा रेणु दाहालको अनावस्यक विरोधको विरोधी स्टाटसहरु आईरहेकै बेला फेसुबकमा राम्रो सञ्जाल बनाएका विद्यार्थी नेता दिपेश पुनले फेरी स्टाटस राखे । यो यति दु्रत गतिमा फैलियो कि हजारौँले पढेको जानकारी गराए । यसमा धेरैले रेणुको अनावस्यक विरोध गर्नु नहुने प्रतिकृया पनि राखे ।
रेणु दाहाललाई अनावस्यक आलोचना गरेको सहन नसकेर लेखक ईन्दिरा आचार्य, पत्रकार कल्पना भण्डारी, सचेन गौतम, शारदा शर्मा, राधा पोखरेल, श्याम श्रेष्ठ लगायत सायौँजनाले उनको पक्षमा स्टाटस लेख र चिठी नै लेखे ।
रेणुको संभावित विजयप्रति कोकोहोलो मच्चाउनुको चुक छैन : ईन्दिरा प्रसाई
ईन्दिरा प्रसाईले रेणुका नाममा चिठी लेखेर उनका विरूद्धमा वाढी आएको देख्दा मलाई हाम्रो नेपाली मानसिकताप्रति हाँस उठेको छ, टिठ लागेको छ र विरह पनि चलेको बताएकी छन् । उनले प्रधानमन्त्री र राष्ट्रपति जो हुँदा पनि हुने, जतिसुकै उपप्रधानमन्त्री र मन्त्री खाँदिदा पनि हुने, जस्तै भ्रष्ट र मुलुकमारा जो जहाँ मनोनीत र नियुक्ति हुँदा पनि सबैले कानमा तेल हाल्नु पर्ने तर नगर प्रमुखको पदका लागि भईरहेको खेलप्रति कटाक्ष गरेकी छन् ।
उनले रेणुको संभावित विजयप्रति कोकोहोलो मच्चाउनुको कुनै तुक नभएको भन्दै उनको वदनाम र विरोधका लागि ईर्श्या, डाहा र ताप नै प्रमुख रूपमा अघि सरेको हो बताएकी छन् । ‘केही प्रमुख उदाहरणका रूपमा मातृकाप्रसाद कोइराला, वीपी कोइराला, गिरीजाप्रसाद कोइराला, सुशील कोइराला, प्रकाश कोइराला, शेखर कोइराला, नोना कोइराला, लीला कोइराला, शशाङ्क कोइराला, सुजाता कोइराला, शैजला आचार्य लगायत सबै कोइराला एउटै घरको चुलो खाने नै थिए। गणेशमान सिंह उनकी पत्नी मङ्गलादेवी सिंह र छोरा प्रकाशमान सिंह पनि त एक्कैचोटि फक्रेका थिए। त्यसै गरेर पुष्पलाल र निजकी पत्नी साहना प्रधानले नै पनि राजनीति नेतृत्व गरेकै थिए। मनमोहन अधिकारी,भरतमोहन अधिकारी दाजु भाइ हुन्। मदन भण्डारी, विद्या भण्डारी पतिपत्नी नै हुन्। डा। रामशरण महत र प्रकाशशरण महत पनि दाजु भाइ नै हुन्। शेरबहादुर देउपा र आरजु देउपा पतिपत्नी र देउपाकी सासू प्रतिभा राणा पनि ठूलै छिन् । डा।बाबुराम भट्टराई र हिसिला यमी पनि एक्कैचोटि मन्त्री हुने दम्पती हुन्। अर्जुन नर्सिङ केसी र निजका ज्वाईँ गगन थापा अहिले मन्त्री नै छन्। सूर्यबहादुर थापाले आफ्नै पुत्र सुनिल थापालाई मन्त्री बनाए र लोकेन्द्रबहादुर चन्दले पनि जेठा छोरा जयन्त चन्दलाई त्यसै गरे। कमल थापाले आफ्ना भाइ गणेश थापालाई माननीय दिए। अमृत बोहोरा र अष्टलक्ष्मी शाक्यको पनि हिसाव सबैलाई थाहै छ। राधाकृष्ण मैनाली र चन्द्रप्रकाश मैनाली सहोदर पनि एउटै क्याविनेटमा बसेकै थिएस आदि इत्यादी एकाघर परिवारका व्यक्तिहरू विभिन्न कालखण्डमा पटकपटक राजनैतिक पदाधिकारी रहिआएकै देखिन्छ’ उनले भनेकी छन् ‘अनि अहिले तिम्राबारे चाहिं प्रधानमन्त्रीकी छोरी भएकीले मेयर हुन अपराध हो भन्ने नानाभाँती देउसिरे भट्याउन कसले सिकाएछ कुन्नि !’
माओवादीको विपक्षी रेणुको पक्षमा मन तानिएको छ : कल्पना भण्डारी
पत्रकार कल्पना भण्डारीले रेणुको उम्मेदवारी पितृसत्तामाथीको बेजोड प्रहार रहेको तर मिडिया देखी सामाजिक सञ्जालका बुद्धीजिवीहरुले उनीमाथी प्रयोग गरेको भाषा, आक्रोस र उच्छृंखल अभिब्यक्तिले मन पोलेको बताएकी छन् । ‘कुनै वाद र विचारबाट ग्रसीत भएर सोच्ने हो भने त फरक हो, तर एक स्वतन्त्र विचारधारा लिने हो भने रेणुको उम्मेदवारीमा यति विघ्न आक्रोस किन रु’ उनले प्रश्न गरेकी छन् ‘एक उम्मेदवार मात्रै होइन, उनी कसैकी छोरी, कसैकी बुहारी र कसैकी आमा पनि हुन् भन्ने हेक्का किन राखिदैन ?’
उनले बुबाआमा राजनीतिमा होमिँदा उनी कुनै विश्वविद्यालयमा होस्टेलमा बसेर अध्ययन नगरेको तर्क पेश गर्दै रेणुको आलोचनाको अर्थ नभएको बताईन् । ‘आफ्नो बुबाको राजनीतिक उचाईको आडमा उनले करोडौं भ्रष्टाचार गरिन् रु राज्यबाट सेवा सुविधाको दुरुपयोग गरिन् वा चुनावै नलडी प्राप्त गर्ने राजदुत वा आयोगको प्रमुखहरुमा नियुक्ती लिन खोजेकी हुन् वा के गरिन् जसरी यति विघ्न खनिनुपथ्र्यो रु’ भण्डारीको भनाई छ ‘ समाजका तह र तप्काले संगठित रुमा कहिले भ्रम छर्दै कहिले हल्ला चलाउँदै यति विघ्न आक्रोश ओकलीरहेको देखेर सैद्धान्तिक रुपमा म माओवादीको विपक्षी भएपनि रेणुको पक्षमा मन तानिएको छ ।’
अरुको आक्रोश रेणुमाथी
पत्रकार रमेश वाग्लेले रेणुको विरोध अल्पदृष्टिधारीहरुको हनुमानगिरी भनेका छन् । ‘आँखिझ्यालबाट देखिने क्षितिजलाई मात्र संशार ठान्ने अल्पदृष्टिधारीहरुको हनुमानगिरी र कथित राष्ट्रवादबाट आउने उच्चतम राजनीतिक संस्कार देखिएको हो यो’ उनले ब्यङ्गय गर्दै भनेका छन् ‘यसलाई त विरोध हैन सलाम गर्नुपर्छ, रेणुका पक्षमा बोल्नु महापाप हो तपाई पनि त्यही गर्दै हुनुहुन्छ ।’ उनले अरुप्रतिको आक्रोस भए बाबुलाई भन्ने धेरै कुरा र विधी भएपनि चुनावी प्रतिस्पर्धीको तेजोबध त गर्न नमिल्ने तर्क राखेका छन् ।
श्याम श्रेष्ठले धरैजसो प्रधानमन्त्री र मन्त्री का छोराछोरी बिदेश मा मोज मस्ती संघ जीवन यापन गरेको अवस्थामा रेणुले चुनाव लड्नु राम्रो कुरा भएको बताएका छन् । ‘उता काङ्ग्रेस को नि समर्थन छ तर जित्नु हार्नु उहा को कुरा हो तर कसैले नराम्रो भन्नु गलत हुनेछ ठिक छ उहाँ को बिजय को लागि शुभकामना छ !’ उनले भने ।
धेरै पत्रकारहरुले उनको बारेमा कोकोहोलो मच्चाउनु जरुरी नरहेको र रेणु दाहाल प्रचण्डपुत्री मान नभई एउटा संघर्षशिल नारी भएकोले राजनीतिक नेतृत्वमा उदाउनका लागि सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।
अधिकारकर्मी भने बोलेनन्
रेणु दाहालको चुनावी प्रतिस्पर्धामा नकारात्मक कुराको आलोचना गरेर सच्याउने मौका दिनु ठीकै हो तर मर्यादासमेत विर्षेर गरीएका गालीगलौज र अपशब्द पनि गरीएका थिए । उनलाई राजकुमारी, महारानी, शाहज्यादी भनेर मानमर्दन गर्नेदेखि लिएर अन्य अपाच्य शब्द प्रयोग गरी चुनावी मैदानमा उत्रेकी महिलाको मानमर्दन समेत गरेको भेटिएको थियो । तर चुनावी प्रतिस्पर्धामा उत्रेकी एक महिला प्रतिस्पिधीको चुनावी प्रतिस्पर्धालाई नै आघात पर्ने गरी सामाजिक सञ्जालमा फैलाईएको भ्रम र मानवअधिकराको उल्लंङघन गर्दा समेत कुनै अधिकारकर्मी संस्थाले आधिकारीक रुपमा कुनै प्रतिकृया दिएका छैनन् ।
लेखक राधा पोखरेलले सामाजिक सञ्जालमा चरित्रनै हत्या गर्ने गरी अपशब्द प्रयोग गरेको सुन्दा दुःख लागेको बताईन् । ‘झन उनीलाई कस्तो हुदो हो रु अरु मन्त्रीका छोरी युरोपमा सुखी जिबन बिताई रहेका छन उनीलाई किन जनयुद्धमा होमिन मन लाग्यो रु’ उनले भनेकी छन् ‘सवै प्रकृया पूरा गरी जनताको विचमा गएकी संघर्षशील रेणुलाई ‘प्रचण्ड पुत्री’ मात्र भनेर हुर्मत लिन तंछाडमछाड नगरौं ।’
अघिपछि सामान्य विषयमा पनि मानवअधिकारका कुरा उठाएर चर्को नारा लगाउने अधिकारकर्मीहरुले प्रतिकृया दिए पनि नदिएपनि रेणुमाथीको अन्यायपूर्ण दुस्प्रचार बन्द भएको छ । यो दुस्प्रचारको ढिलै भएपनि सचेत नेपाली बोलेका छन र सामाजिक सञ्जालमा ‘एण्टीरेणु भाईरस’ हटेको छ । एभेरेष्ट दैनिक डटकमबाट











