चितवन, ६ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मतगणना कार्य रोकिएको छ । मतगणनामा विवाद भएपछि गणना रोकिएको हो ।

Untitled-1 copyनिर्वाचन आयोगले मत जोड्दा त्रुटी गरेको भन्दै नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले बिरोध गरेको छ । दलका प्रतिनिधिहरूको मतसंख्या र कम्प्युटरबाट प्रकाशित मतसंख्यामा पटक पटक फरक आएको भन्दै विरोध भएपछि मतगणना स्थगित भएको हो ।