तुलसीपुर ३१ वैशाख । मिसन वेटर दाङले साहित्यकार झमक कुमारी घिमिरे द्धारा रचित उनकै कथामा आधारीत ” जीवन काँडा कि फूल “को च्यारेटी सो गर्न लागेको हो ।

सामाजिक विकास तथा अपाङग र विपिन्न विद्यार्थीहरुलाई शिक्षामा सहयोगका लागि अर्थसंकलनका लागि गर्नलागिएको च्यारेटी सो यहि जेष्ठ ६गते शनिवार विष्णु चलचित्र मन्दिरमा गरिने वेटर नेपाल दाङका संयोजक रमेश डिसिले जानकारी दिए ।
च्यारेटि सो अवलोकनका लागि विद्यार्थीहरुलाई २सय र अन्यलाई ५ सय र एकहजार टिकटदर कायम गरिएको वेटर नेपाल दाङले जनाएको छ । शनिवार गरिने च्यारेटिसोमा वेटर नेपालका केन्द्रिय संयोजक रवीन खतिवडाको समेत उपस्थीतिरहने आयोजक संस्थाले जनाएको छ ।











