तुलसीपुर १४ बैशाख । नयाँ शक्ति पार्टी नेपाल दाङले चुनाब प्रचार अभियान अन्तरगत संस्कृतिक कार्यक्रम गर्ने भएको छ । ववई गाउपालिकाको हापुरेमा सांस्कृतिक कार्यक्रम गर्न लागेको नयाँ शक्ति दाङका संयोजक नारायण भट्टराईले बताए । कार्यक्रममा चर्चित नायीका तथा नयाँ शक्ति नेपालकी केन्द्रिय कार्यकारी सदस्य करिष्मा मानन्धरलगायतका कलाकारहरुले प्रस्तुती राख्ने छन् ।

karishma manandharयसैबीच हापुरेमा स्थापना गरिएको नयाँ शक्ति नेपाल दाङ बबई गाउपालिकाको कार्यालय उदघाटन् गरिएको छ । बबई गाउपालिकाका संयोजक आईताराम कामीको अध्यक्षता तथा जिल्ला संयोजक भट्टराईको प्रमुख आतिथ्य एबं केन्द्रिय सदस्य धिजर शिपाईली र लोकेन्द्र शिर्पाईलीको बिशिष्ट आतिथ्यमा बिहिबार कार्यालय उदघाटन गरिएको हो । त्यस अबशरमा बक्ताहरुले मुलुकको बिकास र सम्बृद्धिका लागि नयाँ शक्तिले उठाएका ऐजेण्डामा साथ दिन आग्रह गरेका थिए ।

krishna mmmत्यस अबशरमा स्थानिय चुनाबका लागि नयाँ शक्तिबाट बबई गाउपालिकाको अध्यक्षमा लोकेन्द्र शिर्पालीलाई सिफारिष गरिएको संयोजक भट्टराईले जानकारी दिए । साथै चुनाबलाई लक्षित गरि नयाँ शक्ति दाङले पाँच सदस्यीय सम्बाद समिति पनि गठन गरेको छ ।